रिलायन्स सिमेन्टको रकम लुटियो


९ आश्विन २०७६, बिहीबार
Bank Robber

भैरहवा, ९ असोज ।
रुपन्देही मायादेवी गाउँपालिका–३ स्थित रिलायन्स सिमेन्ट उद्योगको रकम अपरिचित व्यक्तिले लुटेका छन् । उोगका कर्मचारी अभनिस त्रिपाठीले भैरहवाबाट रकम लिएर उद्योग फर्किने क्रममा उद्योग नजिकै उनलाई दुई जना अपरिचित व्यक्तिले कुटपिट गरी रकम लुटेर फरार भएको रुपन्देहीका एसपी हेम थापाले जानकारी दिए ।

लुटपाट गरिएको रकम ५÷६ लाख रुपैयाँ रहेको बताइएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका युवाहरुले त्रिपाठीलाई घाइते बनाएर रकम लुटेको स्थानीयले बताएका छन् ।

घाइते त्रिपाठीको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान र फरार व्यक्तिहरु खोजी भइरहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७