अञ्जली लामालाई भारतमा ‘मोडल अफ द इयर’को उपाधि


९ आश्विन २०७६, बिहीबार
anjali lama

काठमाडौं, ९ असोज । नेपाली मोडल अञ्जली लामाले ‘मोडल अफ द इयर’को उपाधि हात पारेकी छिन । बुधबार मुम्बईमा सम्पन्न भएको ‘भोग ब्यूटी अवार्ड’को १० औं संस्करणको उपाधि जितेको हो ।
अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै उनले फेसबुकमा लेखेकी छिन्, “धेरै पटकको असफलता र पराजयपछि यो अवार्ड मेरो लागि प्रेरणा बन्नेछ । धन्यवाद भोग ।”

लामा भारतमा बसेर मोडलिङमा सक्रिय छिन् । भारतको ब्युटी क्याम्पेन ल्याक्मेकी पहिलो ट्रान्सजेन्डर मोडल हुन् ।

अवार्ड समारोहमा बलिउड कलाकारहरु शर्मिला टैगोर, आलिया भट्ट, सारा अलि खान, शिल्पा सेठ्ठी, शाहिद कपुर, सनी लियोन लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७