काठमाडौं चीनको मात्र होइन, भारतको पनि रेल पनि आओस्ः प्रदीप ज्ञवाली


८ पुष २०७४, शनिबार
pradeep gyawali

काठमाडौं : नेकपा (एमाले)का सचिव प्रदिप ज्ञवालीले काठमाडौंमा चीनको मात्र होइन, भारतीयको पनि रेल पनि आउनुपर्ने बताएका छन् ।pradeep gyawali

शनिबार रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा उनले नयाँ सरकारले चीन र भारत दुबै देशसँग घनिष्ट सम्वन्ध राख्ने बताउँदै नेपालमा चीनको मात्र होइन भारतको आउने सम्बन्ध बनाउने बताएको हो ।

केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल ल्याउन कुरा भइरहेको भन्दै सचिव ज्ञवालीले भने, ‘हामी चाहन्छौं, बरौनीबाट होस् वा रक्सौलबाट होस्, हाई स्पीडको भारतीय रेल पशुपतिनाथसम्म आओस् ।’

उनले नयाँ सरकारसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सहकार्य गर्न इन्छुक रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर बधाइ दिएकाले यो बुझन सकिन्ने बताए ।

‘यो भारतको नयाँ नीतिको संकेत हो भन्न्ने हामीले लिएका छौं ।’, उनले भने, ‘नेपाल सानो होला तर, सार्वभौम राष्ट्र हो र नेपालले अन्तरिक मामिला आफैं समाधान गर्न सक्छ । यति मानिदिए पुग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७