रियल मड्रिडको घरेलु मैदानमा पहिलो जित


१६ आश्विन २०७४, सोमबार
Real madrid रियल मड्रिड

काठमाडौं(एजेन्सी): स्पेनिस ला लिगामा फुटवलमा रियल मड्रिड विजयी भएको छ । लिग अन्तरगत गएराती भएको खेलमा रियल मड्रिडले स्पानियोललाई २–० ले हराएको हो ।

Real madrid रियल मड्रिड
सिजनको घरेलु मैदान बर्नबेउमा भएका ३ वटै खेलमा रियलले जित निकाल्न सकेको थिएन । ला लिगाको नयाँ सिजनमा घरेलु मैदानमा पहिलो जित निकाल्ने क्रममा रियलका लागि दुवै गोल इस्कोले गरे ।
स्पानियोललाई धेरै दवावमा राखेको खेलमा ३० र ७१ औं मिनेटमा गोल गर्दै इस्कोले रियलको ३ अंक सुरक्षित गरेका थिए ।
पहिलो हाफमा गोल गर्ने केही मौका पाएपनि स्पानियोलले सदुपयोग गर्न सकेन । जितसँगै ७ खेलबाट १४ अंक बटुलेको रियल मड्रिड तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
ला लिगामा आइतबार राती भएका अरु खेलमा भ्यालेन्सियाले एथ्लेटिको विल्वाओलाई ३–२ ले, भिला रियललले एइबरलाई ३–० ले हरायो । रियल बेटिस र रियल सोसिडासले भने ४–४ को बराबरी खेले ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७