शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा पश्नपत्रमै भेटियो उत्तर, ४० मिनेट रोकियो परीक्षा


१० आश्विन २०७६, शुक्रबार
Teacher 3 1

गुल्मी, १० असोज । शिक्षक सेवा आयोगले लिएको शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा प्रश्न पत्रमै उत्तर भेटिएपछि हंगामा मच्चिएको छ ।

शिक्षा सेवा आयोगले लिएको माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा प्रश्नपत्रमै उत्तर भेटिएपछि शुक्रबार गुल्मीमा ४० मिनेट परीक्षा स्थगित गरिएको छ ।

रेसुङ्गा बहुमुखी क्याम्पस ‘क’ केन्द्रमा अङ्ग्रेजी विषयको समूह ‘घ’ को वस्तुगत प्रश्नको वैकल्पिक सहि उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगित गरी पुनः परीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिएका छन् ।

आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तर कुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनः परीक्षा गराइएको केन्द्राध्यक्ष थापाले बताए । नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यहि समस्या आएको उनले बताएका छन् ।

सोहि केन्द्रमा अन्य प्रश्नपत्रहरू ठिक भएकाले तोकिएकै समयमा परीक्षा सञ्चालन भएको छ । शिक्षक सेवा आयोगले प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा बिहीबारदेखि परीक्षा लिइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७