अमेरिकामा शरण दिइने संख्यामा थप कटौती


१० आश्विन २०७६, शुक्रबार
amerika lasvegas nacht 5

एजेन्सी, १० असोज । संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको संख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुर्नस्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

हालको तुलनामा उक्त संख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यसवर्ष अमेरिकामा ३० हजार शरणार्थी रहनसक्ने गरी संख्या तोकिएको थियो । अमेरिकाको यो पछिल्लो कदमलाई मानवअधिकारवादी तथा यससँग आबद्ध संस्थाहरुले भने आलोचना गरेका पनि समाचार छन् ।

शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत यो संख्या सबैभन्दा कम हो । यसै वर्षको संख्या ३० हजार पनि सन् १९८० यताको सबैभन्दा कम हो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति कार्यालय छोडेको अवस्थामा यो संख्या ८५ हजार रहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्नसक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उनको त्यस निर्णयपछि यहाँ शरणार्थी संख्या कटौती गर्न थालिएको हो ।

आजको. दिन अमेरिकाको लागि अत्यन्त दुखतः दिन भएको अन्तर्राष्ट्रिय उद्धार कमितिका सिइओ डेभिद मिलिबान्दले बताए । सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको संख्यामा भारी कटौती गरेर २७ हजार पु¥याइएको थियो ।

शरणार्थीको यस संख्याअन्तर्गत दुःख पाएका धार्मिक अल्पसंख्यकहरूका लागि ५ हजार स्थान सुनिश्चित गरिने सो आदेशमा बताइएको छ । त्यसैगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि पनि एक हजार ५०० कोटा छुट्याइने बताइएको छ । (रासस÷एएफपी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७