विज्ञापन बिनै स्टाफ नर्स भर्ती गर्न लागेको भन्दै वीर अस्पतालमा विरोध


१० आश्विन २०७६, शुक्रबार
40584401 2134136269951013 3563182268367241216 o.jpg nc cat100 nc htscontent.fktm10 1

काठमाडौं, १० असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले गुपचुपमै स्टाफ नर्स भर्ना गर्न लागेको भन्दै विरोध भएको छ । कर्मचारी संघले खुला प्रतिस्पर्धामा हुन नदिएकै २५ जना स्टाफ नर्स गोप्य रुपमा भर्ना गर्न लागेको भन्दै विरोध गरेको हो ।

वीरकै कर्मचारीले नियम विपरीत आर्थिक चलखेल र आफन्त भर्ती गर्ने उद्देश्यले विज्ञापन नगरी कर्मचारी भर्ना नगरेको भन्दै संघका पदाधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । तर वीर अस्पताल प्रशासनले भने शुक्रबारबाटै स्टाफ नर्सको अन्तर्वार्ता थालिसकेको छ ।

सेवा आयोगमार्फत आवश्यक पदपूर्ति गर्नुपर्नेमा विज्ञापनसमेत नगरी आफन्त र चलखेलका आधारमा २५ जना नर्स भर्ना गर्न लागिएको आरोप कर्मचारी संघका पदाधिकारीले लगाएका छन् । हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पदपूर्ति समिति पदाधिकारीविहीन छ । सोही मौका पारेर तत्काल जनशक्ति अपुगका कारण बिरामीको उपचारमै बाधा उत्पन्न भएपछि स्टाफ नर्स भर्ती गर्न लागिएको हो ।

अस्पताल प्रशासनले भने उपचारमा समस्या भएपछि करारमा केही स्टाफ नर्स भर्ना गर्न नियम अनुसारनै कारबाही चलाइएको दाबी गरेको छ । अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले यसबारे धेरै कुरा गर्न चाहेनन् । कर्मचारी संघका पदाधिकारीले बिहीबार नै सेन्चुरीलाई भेटेर विज्ञापन नगरी नर्स भर्ती गर्न खोजेको भन्दै आपत्ति जनाएपछि त्यस दिन निर्धारित अन्तर्वार्ता रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७