जेष्ठ नागरिकलाई देशभित्र यात्रा गर्दा हवाई भाडामा ५० प्रतिशत छुट


११ आश्विन २०७६, शनिबार
Yogesh Bhattarai

काठमाडौं, असोज १० : निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनीहरुले ७० वर्षमाथिका नागरिकलाई जहाजमा यात्रा गर्दा भाडामा ५० प्रतिशत छुट दिने भएका छन्। वायुसेवा कम्पनीहरुको संस्थाले भाडा छुट दिने निर्णय गरेको हो।

यसअघि संसकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भाडा छुट दिन कम्पनीहरुलाई आग्रह गरेका थिए। त्यसपछि श्री एयरलाइन्स एक्लैले छुटको घोषणा गरेको थियो।


श्रीको घोषणापछि अन्य एयरलाइन्सहरुले पनि आन्तरिक उडानमा जेष्ठ नागरिकहरुलाई छुट दिन तयार भएका हुन्।

हवाई टिकटमा छुट पाउन भने आफु स्वयम कम्पनीको कार्यालयमा आई विपन्नको स्व घोषणा गर्नु पर्ने छ । संघका अनुसार यो सुविधा हरेक उडानमा २ जनाले मात्र प्राप्त गर्न सकिन्छ ।

Press Note 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७