दुर्व्यवहारको शिकार भएका अभिनेत्री


११ आश्विन २०७६, शनिबार
katrina kaif

मुम्बई : बलिउडका थुप्रै अभिनेत्रीले सार्वजनिक स्थलमा दुव्र्यवहार भोगेका छन्। उनीहरूले सञ्चारमाध्यममा त्यसबारे बेला–बेला खुलासा गरेका छन्।

सन् २०१३ मा एक कार्यक्रमका क्रममा करिना कपुरलाई केही मानिसले छेडछाड गरेका थिए। कार्यक्रम सकिएपछि बाहिर निस्कँदा भीडमा उपस्थित केही मानिसले करिनालाई गलत तवरले छोएका थिए। उनी असाध्यै डराएकी थिइन्। अभिनेत्री तापसी पन्नूले पनि दुव्र्यवहार भोगेकी थिइन्।

सन् २०१६ मा रिलिज फिल्म ‘पिंक’ को प्रमोसनका क्रममा फिल्मकी अभिनेत्री तापसी दुव्र्यवहारको शिकार भएकी थिइन्। यसबाहेक कलेज पढ्दाताका बसमा चढ्दा कतिपयले आफूलाई गलत तरिकाले छुने र छेडछाड गर्ने उनले एक अन्तर्वार्तामा बताएकी थिइन्। त्यसै गरी, कट्रिना कैफले पनि सन् २००५ मा कोलकाताको दुर्गा पूजा कमिटीको कार्यक्रममा सहभागी हुँदा पीडा भोग्नुपर्‍यो।

कार्यक्रम सकिएपछि भीडमा उपस्थित केही मान्छे उनका गार्डहरूलाई पन्छाउँदै उनी नजिक पुगेका थिए र छेडखानी गरेका थिए। अर्की अभिनेत्री सोनाक्षी सिन्हा त एउटा कार्यक्रममा दुव्र्यवहारका कारण रोएकी थिइन्। सन् २०१० मा एक कार्यक्रममा भीडमा उपस्थिति केही मानिसले सोनाक्षीमाथि भद्दा ‘कमेन्ट’ गरेका थिए।

यति मात्र होइन, उनलाई जबर्जस्ती छुने प्रयास पनि गरेका थिए। यस्ता दुव्र्यवहारको शिकार भएका अभिनेत्रीको सूचीमा सोनम कपुर, ऐश्वर्या राय आदि पनि छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७