बम आक्रमणमा परेका चुनावका प्रतिष्पर्धी भेटन सांसद राई अस्पतालमा पुगे


८ पुष २०७४, शनिबार
suresh kumar rai 1

काठमाडौँ : नवनिर्वाचित उदयपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका सांसद सुरेशकुमार राई (हिमाल)ले बम आक्रमणमा परेका चुनावका प्रमुख प्रतिद्धन्द्धी नेपाली कांग्रेस उम्मेदवार नारायण कार्कीसहितका नेताहरूलाई भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

suresh kumar rai 1
घाइते कार्कीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै संसद् राई ।

निर्वाचनकै क्रममा बम प्रहारबाट घाइते भएका कार्कीलाई भेट्न सांसद राई शनिवार महाराजगंजस्थित शिक्षण अस्पताल पुगेका हो । सांसद राईले निर्वाचनको बेला भएको घट्नाप्रति दुःख व्यक्त गर्दै उपचार तथा घट्नामा संलग्नहरुलाई कारर्वाही गराउन आफूले पहल गर्ने आश्वसन दिएका थिए ।
यस क्रममा दुवै नेताहरुबीच उदयपुरको विकासका लागि सामूहिक ढङ्गले काम गर्नेबारेमा समेत छलफल भएको सांसद राईका सहयोगी किरण राईले जानकारी दिए । नवनिर्वा्चित सांसद राईले यसअघि कार्कीले थालनी गरेका सबै विकास निर्माणका योजनाहरुलाई आफूले पनि अघि बढाउने बताएका थिए ।
जवाफमा निवर्तमान सांसदसमेत रहेको नवनिर्वा्चित सांसद राईलाई बधाई दिँदै जनताको पक्षमा राम्रो काम गर्ने अपेक्षा रहेको बताए । अस्पतालमा आफ्नो स्थितिबारे बुझ्न आएकोप्रति खुसी व्यक्त गर्दै कार्कीले जनताबाट प्राप्त अभिमतको सम्मान गर्ने बताए ।
गत निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका नेता कार्की मङ्सिर १३ गते बम आक्रमणमा परि गम्भीर घाइते भएका थिए । बामगठबन्धनबाट साझा उम्मेदार बन्नेका राईको निकटतम प्रतिष्पर्धी बनेका कार्कीसँगै घाइते भएका नेपाल विद्यार्थी सङ्घका नेतृ मिरा कटुवाल तथा चालक राजन कार्कीको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ । उनीहरू सबैलाई भेटेर सांसद राईले शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
suresh kumar rai 3

suresh kumar rai 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७