सत्तारुढ नेकपाको चियापान असोज २९ गते


११ आश्विन २०७६, शनिबार
nekapa office

काठमाडौं, ११ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल संवत् र छठको अवसरमा यही असोज २९ गते बृहत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । नेकपाको सम्पर्क समन्वय कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिए ।

पार्टी एकताअघि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टा–छुट्टैरुपमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७