‘सरकारी निकायबीच समन्वय नहुँदा आयोजनामा ढिलासुस्ती हुन्छ’


११ आश्विन २०७६, शनिबार
Roshan dahal General Secretary of Federation of Nepalese Construction Professional

पछिल्लो पटक सरकारले ल्यायको सार्वजनिक खरिद ऐनको आठौं संशोधनप्रति नेपालका निर्माण व्यावसायीहरु असन्तुष्ट छन् । केही बुँदाहरु संशोधनको माग राख्दै उनीहरुले सरकारलाई निरन्तर दवाव दिइरहेका छन् । साथै सरकारले पनि समयमै काम सम्पन्न नगर्ने तथा गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने ऐनमा प्रावधान राखे छ । किन निर्माण व्यावसायी ऐनप्रति असन्तुष्ट छन् भन्ने विषयमा नेपाल निर्माण व्यावसायी महासंघका महासचिव रोशन दाहालसँग नयाँपेज डटकमले गरेको कुराकानी :

हाल महासंघले कस्ता गतिविधि सञ्चालन गर्दै आइरहेको छ ? 

–अहिले नेपाल निर्माण व्यावसायी महासंघले समग्र निर्माण व्यावसायीको हक र हितका लागि काम गर्दै आइरहेको छ । यसमा पनि नेपाल सरकारका निकायहरुमा काम गर्ने निर्माण व्यावसायी हौं । त्यसले सरकासँग सम्बन्धित रहेका र हाम्रा पेण्डिङ रहेका कामका लागि सरकारलाई झकझक्याउने काम गर्छौं । र, यो सँगसँगै ऐन र नियमहरुको कुरा पनि आइरहेका छन् । नियमावलीहरु संशोधनको कुरा छ ।

अहिले यो क्रेडिट लाइनहरुको कुराले समस्या पाइरहेका छौ । म्याद थपको समस्याले दुःख पाइरहेका छौं । कामको भुक्तानी नपाएर समस्या पाइरहेका छौ । समग्रमा हामीले यही विषयहरुलाई नै नेपाल सरकार समक्ष समस्याका रुपमा राखेका छौं । यसैलाई सम्बोधन गर्नका लागि निर्माण व्यावसायी महासंघले सरकारलाई आग्रह गरेको छ । सँगसँगै आफ्नो दैनिक कामहरु सञ्चालन गरिरहेका छौं । 

सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनले पनि व्यावसायीहरुको माग पूरा गर्न सकेन । किन र के समस्या छन् ? 

–सार्वजनिक खरिद नियमावली छैठौं संशोधन सरकारले एकलौटी रुपमा ल्यायो । त्योपछि हामीले केही बुँदाहरुमा मात्रै विरोध गर्‍यौं । एउटा म्याद थपको समस्या थियो । त्यसमा हामीले विरोध ग¥यौं । अर्को एउटा कुनै व्यावसायीलाई चाँही सजाय हुने । भ्रष्टाचार नगरीकन आरोपकै भरमा उसलाई कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने अवस्था थियो । त्यसपछि अर्को भनेको बिट क्यापासिटी पाँच वर्षभित्रको कन्टिन्यू टर्न ओभर हुनुपर्छ भन्ने थियो । त्यसमा चाँही हामीले ५ वर्ष होइन १० वर्षको तीन वर्षलाई गराई दिनुस भनेका थियौं ।

नेपालका व्यावसायीले नेपालको माटो सुहाउँदो त्यो क्रेडिट लाइनमा नियमहरु हुनुपर्नेमा कुनै बाहिरको विदेशीलाई नक्कल गर्ने हिसावले लिएर आएर यहाँ क्रेडिट लाइन बनाएको छ । एउटा सानोतिनो ठेक्का हाल्नलाई मात्रै उसले लाखौं रुपैयाँ कमिसनको रुपमा बैंकलाई बुझाउनु परेको छ ।

त्यही कुराहरुमा हाम्रो विमति थियो छैठौं संशोधनमा । त्यसलाई सम्बोधन गर्न सातौ ल्याई दिनुभयो । सातौ ल्याउँदाखेरी पनि नेपाल सरकारकै बीचमा उहाँहरुमा सरकारी नेतृत्व र राजनीतिक नेतृत्वबीच कुरो मिलेन । त्यसलाई पुनः सम्बोधन गर्न आठौं ल्याइयो । आठौं संशोधन आउँदासम्म पनि म्याद थपको समस्या र क्रेडिट लाइनको समस्या आयो । त्यसलाई पुनः संशोधन गरिदिनका लागि आग्रह गरेर लागिरहेका छौं । र, नेपाल सरकारले आश्वासन पनि दिएको छ । केही समयमा हामी पुनः संशोधन गर्छौं र यो सार्वजनिक खरिद ऐन अध्यादेशमार्फत ल्याएर पनि संशोधन गर्छौं भनेर उहाँहरुले भनिराख्नु भएको छ ।

यो आठौं संशोधनमा हाम्रो दुईवटा कुरामा मात्रै विमति छ । एउटा चाँही क्रेडिट लाइनमा छ । यो क्रेडिट लाइन बनाउनै नसक्ने अवस्थामा छ । नेपालका व्यावसायीले नेपालको माटो सुहाउँदो त्यो क्रेडिट लाइनमा नियमहरु हुनुपर्नेमा कुनै बाहिरको विदेशीलाई नक्कल गर्ने हिसावले लिएर आएर यहाँ क्रेडिट लाइन बनाएको छ । एउटा सानोतिनो ठेक्का हाल्नलाई मात्रै उसले लाखौं रुपैयाँ कमिसनको रुपमा बैंकलाई बुझाउनु परेको छ ।

त्यसले गर्दा हाम्रो यसमा विरोध छ । क्रेडिट लाइनमा घर जग्गा धितो राखेर मार्जिन कटाएर बैंकले क्रेडिट लाइन बनाउने व्यवस्था छ । यसमा हाम्रो ठूलो विरोध छ । अहिलेको म्याद थपको समस्या सरकारले बढाई दियो । तर कर्मचारीले त्यसमा मिलेको छैन भनेर भनिराख्नु भएको छ । यही विषयमा हामीहरु सम्बन्धित निकायमा पहल गरिराखेका छौं । केही समयमा सम्बोधन हुनसक्छ । 

कम दररेट र बोलकवोल निरुत्साहन गर्ने सम्बन्धमा यहाँहरुको धारणा के छ ? 

–अब रेट कममा गरौं, काम राम्रो गरौं, समयमा गरौं भन्ने हाम्रो महासंघको पनि चाहना हो । तर कतिपय व्यावसायीले हिजोका कामहरुले गर्दा आज त्यो कामहरु घटेर गरिराख्नु भएको छ । फेरि घट्ने प्रक्रियामै हुनुहुन्छ । त्यसले गर्दा हामीले नै नेपाल सरकारलाई के भनेका छौं भने, घट्ने प्रक्रियालाई कम गरिदिनुपर्‍यो । कतिसम्म घट्दाखेरी काम दिन सकिन्छ । गर्न सकिन्छ ।

त्यसको प्राविधिक वैज्ञानिक मूल्यांकन होस् । त्यसरी मात्रै काम दिने व्यवस्था गरियोस् भनेर माग राखेका छौं । हामीले पनि सोच्दाखेरी यसैको परिणाम स्वरुप अहिले बिट क्यापासिटी लागू भएको छ । यो बिट क्यापासिटी भनेको आफ्नो क्षमता कति छ र त्यति अनुसारको काम गर्न पाउने हो । त्यसले गर्दा अवको दिनमा यो घट्ने र यो धेरै बिलो जाने प्रवृति रोकिन्छ भन्ने हाम्रो अनुभव छ ।

डिपीआर, डिजाइन, ड्रइङ, स्टिमेट र लागत अनुमान सम्बन्धमा प्राविधिक तथा कन्सल्टेन्सीहरुसँग गरिने सर्वे, डिजाइन निर्माण गर्दा विभिन्न ठाउँमा रुखहरु कटान हुन्छ, त्यो नहेरीकनै तपाईहरु बोलकवोल गर्नुहुन्छ । खास किन होला ?    

–यो राम्रो कुरा सोध्नुभयो । यसलाई अहिले सम्बोधन गर्नका लागि यो सार्वजनिक खरिद नियमावली छैठौं आएको छ । छैठौंले त्यसलाई केही हदसम्म राम्रो गरिदिएको छ । हामीले जे जे मागेका थियौं यसले सम्बोधन गरिदिएको छ । यहाँले कुरा उठाउनु भयो यो इआइएको समस्या हो । त्यहाँ बिजुलीको, टेलिफोनको पोलको कुरा आउँछ ।

त्यहाँ बाटोमा मुआब्जाको कुराहरु छ । यी विभिन्न कारणले कामहरु समयमा सम्पन्न हुन सक्दैनन् । त्यो जिम्मेवारी वास्तवमा टेन्डर प्रकाशित गरिसक्नु पहिले नै जुन निकायले बोलपत्र प्रकाशित गर्छ, उसले गरिसक्नुपर्ने हो । तर उसले त्यो नगरीकनै टेन्डर प्रकाशित गरिदिन्छ । यो कमजोरी हो ।

निर्माण व्यावसायीले यी सबै समस्याहरु छन् म टेन्डर हाल्न सक्दिन भन्नु नसक्नु कमजोरी हो । तर अहिलेको छैठौं संशोधनले त्यो समस्या समाधान गरेको छ । केही सरकारको पनि त्रुटि र निर्माण व्यावसायीको पनि त्रुटि रहेको अवस्था छ । यसले गर्दा अवको एक वर्ष सरकारलाई म्याद थपिदिनुहोस् भनेर अनुरोध गरेका थियौं । त्यसैकै फलस्वरुप यो एक वर्ष म्याद थपको प्रक्रिया अगाडि बढिरहेको छ । 

सार्वजनिक निकायबीचको समन्वय नहुँदा पनि निर्माण आयोजनाहरु ढिलो हुने गर्छन् नि ? 

–त्यो त अवश्य हो । अब जस्तै उदाहरणको रुपमा म दिन्छु । यो काठमाडौंभित्रकै सडकमा बिजुलीको पोल उखेल्नुपर्‍यो भने विद्युत् प्राधिकरणमा टेलिकमको तार अड्काई दिएको हुन्छ । त्यहाँ तार तान्नुपर्‍यो भने विद्युत् प्राधिकरण र दूर सञ्चारको समस्या हुन्छ । त्यसमुनि खानेपानीको समस्या आउँछ । मुआब्जाको समस्या हुन्छ ।

काठमाडौंभित्रकै सडकमा बिजुलीको पोल उखेल्नुपर्‍यो भने विद्युत् प्राधिकरणमा टेलिकमको तार अड्काई दिएको हुन्छ । त्यहाँ तार तान्नुपर्‍यो भने विद्युत् प्राधिकरण र दूर सञ्चारको समस्या हुन्छ । त्यसमुनि खानेपानीको समस्या आउँछ । मुआब्जाको समस्या हुन्छ । ती समस्याको समाधान एउटै निकायले गर्दैन ।

 

Roshan dahal1
रोशल दाहाल, महासचिव ।

ती समस्याको समाधान एउटै निकायले गर्दैन । यदि एउटै निकायले यी समस्या समाधान गर्न सके काम समयमै सम्पन्न हुन्छ । अब हाम्रो माग के हो भने ती सबै समस्या छन् भने जुन बोलपत्र प्रकाशित हुन्छ । त्यसैमा बिओक्यू बनाएर यी समस्या हालिदिनुहोस् । जो व्यवसायीले गर्छ उसैलाई ती समस्या जिम्मा लगाई दियो भने काम समयमै सम्पन्न हुन्छ । 

खोलानाला खनिजजन्य सामग्री सहज रुपमा उपलब्ध नहुँदा पनि निर्माण कार्य ढिलो र काममा सुस्तता आउँदा । तर बोलपत्र आह्वान त्यस्तोमा किन गरिन्छ ? 

–हो यहि भन्छौं हामीले । असारमा प्रमुख जिल्ला अधिकारीको दररेट समिति बन्छ । असारमै दररेट निर्धाराण हुन्छ । उनीहरुले काठमाडौंमा बसेर एउटा कागजमा मूल्य निर्धारण गर्ने हुन् । तर त्यहाँ सामान कहाँबाट आउँछ कति पर्छ भन्ने कुरा कुनै पनि लेखाजोखा हुँदैन ।

अर्को कुरा जेठदेखि असोज १ गतेसम्म सम्पूर्ण खोलानाला पूर्णरुपमा बन्द हुन्छन् । अनि निर्माण सामग्री पाइँदैन । त्यसले गर्दा नेपालको निर्माण कार्यहरु सबै समयमा सकिँदैन । निर्माण सामग्री नभई कुनै पनि काम अगाडि बढाउन सकिँदैन । जस्तै काठमाडौंकै कुरा गर्नुहुन्छ भने पनि काठमाडौंमा सामान ल्याउन कि त यता नेपालथोकपट्टि जानुपर्‍यो । कि त मेलम्ची जानुपर्छ । कि त महादेवबेसी जानुपर्‍यो ।

तर यी सबै खोला बन्द भइसकेपछि राजधानीको सबै निर्माण कार्यहरु ठप्प हुन्छन् । र यहाँ भन्दा पनि अझ बाहिरका स्थानको स्थिति हेर्ने हो भने झन् भयावह छ । काठमाडौंमा त असोजमा खुल्छ भने धेरैजसो ठाउँमा माघतिर गएर टेन्डर लगाई दिदा रहेछन् । माघसम्म त्यहाँको व्यावसायीले त्यहाँको राज्यसत्ताको मान्छेहरुसँग मिलेर अवैध रुपमा सामग्री खरिद गरेर पनि त्यहाँसम्मको कामहरु सञ्चालन गरेको हुन्छ । त्यसले गर्दा निर्माण सामग्री नभई कामै हुँदैन । सामग्रीको सहज आपूर्तिका लागि सरकारले पनि केही काम गरिदिनु पर्छ । त्यसो हुँदा मात्रै समयमा काम सक्छन् ।

रोड पिच गर्न अलकत्र बाहिरबाट ल्याउनुपर्छ । बिटुविन बाहिरबाटै ल्याउनुपर्छ । सिमेन्ट र छडमा केही आत्मनिर्भर छ । यसमा पनि केही समय काम कम हुँदा भाउ कम हुन्छ । काम तीव्र हुनासाथ मूल्य आकासिन्छ । त्यसले गर्दा पनि नेपालका निर्माण व्यवसायी सरकार र उद्योगीबाट ठगिने अवस्था छ ।

निर्माण सामग्री पाएर मात्र हुँदैन । गुणस्तरीय पाउनु पर्छ । जस्तै रोड पिच गर्न अलकत्र बाहिरबाट ल्याउनुपर्छ । बिटुविन बाहिरबाटै ल्याउनुपर्छ । सिमेन्ट र छडमा केही आत्मनिर्भर छ । यसमा पनि केही समय काम कम हुँदा भाउ कम हुन्छ । काम तीव्र हुनासाथ मूल्य आकासिन्छ । त्यसले गर्दा पनि नेपालका निर्माण व्यवसायी सरकार र उद्योगीबाट ठगिने अवस्था छ । गुणस्तरीय सामानहरु समयमा आपूर्ति हुने अवस्था आयो भने निर्माण व्यावयासीले समयमै गुणस्तरीय काम गर्न सक्छन् । 

व्यवसायीहरुले पनि काम गर्दा कम गुणस्तरको गर्ने, बोलकवोलमा पनि आफ्नो पक्षमा पार्न धेरै च्यानल लगाउने प्रवृति नेपालमा छ । तपाई यसलाई के भन्नुहुन्छ ?

–यसमा हामी सबै राम्रा छौं भनेर पनि भन्न सकिँदैन । तर त्यो व्यवयासीले प्रयोग गरेको सामान प्रावधिकहरुले निरीक्षण त गर्नुपर्‍यो नि ? राष्ट्रको तलब खाएका कर्मचारीहरुको के काम ? काम राम्रो भएको छैन भने भत्काउनु पर्‍यो । तर व्यवसायीले काम गर्दागर्दै पनि कही एक/डेढ किलोमिटर काम गर्दाखेरी  पूर्ण गुणस्तरहीन छ, भवन बनाएको त्यो पूर्ण गुणस्तरहीन छ भने कारबाही गर्नुपर्छ । हाल्ने बेलामा जुन सामान ल्याउन व्यावसायीको जति दायित्व हुन्छ त्योभन्दा बढी नै दायित्व प्राविधिकहरुको पनि हुन्छ । दुवैपक्षले त्यसलाई गुणस्तरीयता कायम गर्न लगाउनु पर्छ । 

चलेका निर्माण कम्पनीहरुले नै गुणस्तरहीन काम गरेपछि जस्तो तपाईहरु भन्दा मुनिकाले काम नपाउने प्रवृति बढेको हो ? 

–त्यस्तो होइन । त्यसलाई गुणस्तरहीन भनेर पनि प्रमाणीत गर्न सक्दैनौं । प्राविधिकहरुले गर्ने कुरा हो । के कारणले कामहरु भएको छैन होला । अस्ती मात्रै कुरा बुझेको थिए । विकास समितिमा पप्पुको कुरा उठ्यो । पप्पुको तीनकुनेमा पुल निरीक्षण भएको थियो । त्यहाँ निर्माण कम्पनीको मात्रै दोष छैन । दोष सरकारी पक्षको पनि छ । सबैभन्दा बढी सरकारी पक्षको दोष भएकाले कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा समितिमा अड्किएको छ । 

पप्पुको तीनकुनेमा पुल निरीक्षण भएको थियो । त्यहाँ निर्माण कम्पनीको मात्रै दोष छैन । दोष सरकारी पक्षको पनि छ । सबैभन्दा बढी सरकारी पक्षको दोष भएकाले कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा समितिमा अड्किएको छ । 

त्यसले गर्दा हामीले जति ठेक्का लियौं । त्यसको निरीक्षण गर्ने जिम्मा सरकारी पक्षको हो । हामीले त काम गर्दै जान्छौं । त्यो ठिक भयो या भएन भनेर निरीक्षण गर्ने त सरकारी प्राविधिकहरुकै हो । उहाँहरुको निरीक्षणपछि यो काम ठिक छ भनेर प्रमाणित गरेपछि नै भुक्तानी दिने हो । भुक्तानी दिइसकेपछि त्यो काम त उहाँहरुको जिम्मेवारीमा पर्‍यो नि त  । जतिबेलासम्म भुक्तानी हुँदैन त्यसबेलासम्म हाम्रो जिम्मेवारी हो । तर सही गरेर भुक्तानी दिइसकेपछि जिम्मेवारी उहाँहरुकै हो । 

त्यसले गर्दा जिम्मेवारी सबै पक्षको हुन्छ र जानी जानी कुनै पनि व्यावसायीले गुणस्तरहीन काम गर्छन् जस्तो लाग्दैन । अञ्जानवस भएको भए क्षमा दिनुपर्छ तर जानाजान गरेको पाइएमा कारबाही नै गर्नुपर्छ । 

नेपालमा ऐतिहासिक रुपमा ‘बिल्टेक एक्स्पो २०२०’ हुँदैछ । आयोजक भएकाले त्यसको तयारी कस्तो हुँदैछ ? 

–त्यसलाई हामीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछौं । नेपाल निर्माण व्यावसायी महासंघ र इन्डियाको आइआरआई भन्ने एक्स्पोसँग सम्झौता पनि गर्दैछौं । सम्झौतासँगै अहिलेसम्म नेपालमा नभएको कन्सट्रक्सन एक्स्पो गर्ने जमर्कोमा हामी छौं । सँगसँगै नेपाल निर्माण व्यावसायी संघको साधारणसभाको मौका छोपेर काठमाडौंमा धेरैभन्दा धेरै व्यावसायी उतार्ने हिसावले एक्स्पो गर्न लागेका छौं । सम्भवतः राम्रै होला भन्ने अपेक्षा गरेका छौं । र त्यहाँबाट राम्रै फाइदा गरेर उहाँहरु जानुहुन्छ होला । पुनः फर्केर आएर एक्स्पो गर्न इच्छुक हुनुहुन्छ भन्ने विश्वास गरेका छौं । 

नेपाल निर्माण व्यावसायी संघको साधारणसभाको मौका छोपेर काठमाडौंमा धेरैभन्दा धेरै व्यावसायी उतार्ने हिसावले एक्स्पो गर्न लागेका छौं ।

 

स्टलहरु राख्नुपर्ये भने केही रेट बनाई सक्नु भएको छ कि त्यतिकै राख्न पाउने हो ? 

रेट अहिलेसम्म फिक्स गरेका छैनौं । आज सम्झौता भएपछि हामीले एउटा इभेन्टलाई दिन्छौं । हामी आयोजकको रुपमा मात्र रहन्छौं । त्यसको सबै व्यवस्थापन आइआईले नै गर्छ । दररेट कायम गर्दा चाँही हामी बस्छौं । त्यसपछि मात्रै रेटका बारेमा सार्वजनिक गछौं । 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७