‘ब्ल्याक होल’ ले सर्लक्कै निल्यो सूर्य जत्रो तारा


११ आश्विन २०७६, शनिबार
Blackhole

काठमाडौं, ११ असोज । शोधकर्ताहरुले ब्रह्माण्डीय उथलपुथलका कारण सूर्याकारको एउटा सिंगो तारा ब्ल्याकहोलमा समाहित हुन पुगेका बताएका छन् । सूर्य नै निल्ने त्यो ब्ल्याकहोल सूर्यभन्दा ६० गुणा ठूलो र भारी छ ।

यो ब्ल्याक होलले सूर्य निलेको घटनालाई वैज्ञानिकहरुले ज्वारीय विघटन (टाइडल डिसरप्सन) को संज्ञा दिएका छन् । सुन्दै जीउ सिरिङ हुने यो घटनालाई नासाको उपग्रह ट्रान्जिटिङ एक्सोप्लेनेट सर्भे स्याटलाइट (टीईएसएस) र नील गेहरेल्स स्विफ्टको सहायताले अन्तिमसम्म अवलोकनसहित पिछा गरिएको थियो ।

वैज्ञानिकहरुका अनुसार ब्रह्माण्डमा देखिने यस्ता ज्वारीय घटना कहिलेकाँही मात्र हुने गर्दछन् । १० हजारदेखि एक लाख वर्षको बीचमा आकाशगंगामा यस्तो हलचलमय घटना हुने गरेको वैज्ञानिकहरुको दाबी छ ।

एस्ट्रोफिजिकल जनरल लेटर्समा छापिएको अनुसन्धान रिपोर्टअनुसार ब्ल्याकहोल स्याजिटेरस ए स्टारको तुलनामा निकै ‘भोकाएको’ छ । यसले आफ्ना वरपर आउने पिण्डहरुलाई क्षणभरमा निलेर आफूमा विलिन गराइरहेको छ ।

ब्ल्याकहोल एक भीमकाय पिण्ड हो । यसको आफ्नै प्रकाश हुँदैन । अधिक घनत्व भएका कारण यसबाट प्रकाश पनि उम्कन पाउँदैन । हालसम्म आविस्कार गरेका कुनै पनि भौतिक नियमहरु ब्ल्याक होलमा लागू हुँदैन । आफ्नो क्षेत्र वरीपरी आउने सबै वस्तुलाई निल्दै जान्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७