नेकपा कपाल नभएको व्यक्तिलाई काइँयो बेच्ने पार्टी : गगन थापा


११ आश्विन २०७६, शनिबार
RoS Ktm20190928IMG 97421859

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सिंह जस्तो गर्जिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कांग्रेसले शिकारी भएर ढाल्दिने चेतावनी दिएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सिंह जस्तो भएको बताएपछि शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले भने, ‘हिजो प्रचण्डले भन्नुभयो, हामी अब केही वर्षभित्रमा नेपालमा एउटा मात्र पार्टी रहने अवस्था बनाउने छौं । सिंह जस्तो गर्जने छौं भनेर सार्वजनिक कार्यक्रममा बोल्नु भएको छ । सिंह जस्तो गर्जिने नेकपालाई कांग्रेस सिकारी भएर ढाल्छ भन्ने तागत हामीले राख्न सक्नुपर्छ ।’

उनले नेकपा कपाल नभएको मान्छेलाई काइँयो बेच्न सक्ने पार्टी भएको आरोप लगाए । ‘नेकपा अहिले चीनको कम्युनिष्ट पार्टीको विचार हामी नेपालमा लिएर आउँछौं भनेर भन्दै छ,’ उनले भने, ‘चीन आफू दिन्छु भन्दैन, तै पनि नेकपा हामीलाई बेच्छु भन्दैछ । नेकपा भनेको कपाल नभएको मान्छेलाई काइँयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो । त्यसैले यसले के बेच्ला त्यतातिर म जान्न ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७