एमाले-माओवादीका एकदुई जनाले विरोध गर्दैमा पार्टी एकता रोकिँदैनः प्रचण्ड


८ पुष २०७४, शनिबार
Puspa Kamal Dhal parchanda

रुपन्देही : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दुई जनाले विरोध गर्देमा पार्टी एकता नरोकिने बताएका छन्। शनिबार माओवादी केन्द्र रुपन्देहीले भैरहवामा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शीर्ष नेताकाबीच एकतामा समस्या नरहेको बताए। उनले आफूहरु एकताप्रति इमान्दार रहेको भन्दै एकता विरोधीहरु एकता प्रक्रियामा छुट्ने बताए।

Puspa Kamal Dhal parchanda

‘को नेताले के भने, त्यसको पछि नलाग्नुस्, एमाले-माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान्’, उनले भने, ‘ तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं।’ उनले एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्न र एकताका लागि नेतृत्वलाई बल दिन नेता कार्यकर्ताहरुलाई अनुरोधसमेत गरेका छन्।

समानुपातिक सांसदबारे कुनै निर्णय भएको छैन

प्रचण्डले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेको बताए । ‘आजका पत्रपत्रिकामा माओवादीका समानुपातिक सांसदको लिष्ट आएको रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘तपाइहरु त्यसको भ्रममा नपर्नुहोला। निर्वाचन आयोगले माग्ने बित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं।’

अध्यक्ष प्रचण्ड र चक्रपाणि खनाल बलदेवको सम्मानमा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सभासम्बन्धी देखिएको विवाद छिटै अन्त्य हुने बताए । प्रचण्डले भने, ‘बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद छलफलबाटै टुङ्गिन्छ। अब देश राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७