महानायक हमाललाई ‘ट्रिब्युट टु मेगा स्टार’ पुरस्कार


११ आश्विन २०७६, शनिबार
Rajesh hamal

काठमाडौं, १० असोज । नेपाली चलचित्रका लोकप्रिय महानायक राजेश हमाललाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ ।

करीब ३०० चलचित्रमा अभिनय गरिसकेका महानायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो ।

केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन् । भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७