आज फेरि मेस्सी र रोनाल्डोको रोमाञ्चक भिडन्त,कसले मार्ला बाजी ?


८ पुष २०७४, शनिबार
messi vs ronaldo

एजेन्सी : स्पेनिस दुई ठुला क्लब रियल मड्रिड र बार्सिलोनाबीचको आज फेरि आमनेसामने हुदैछन् । पछिल्लो समय एल क्लासिको भिडन्तलाई फुटबलका दुई स्टार क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको भिडन्त समेत भन्ने गरिन्छ । विश्व फुटबलमा पछिल्लो समय राज गरिरहेका रोनाल्डो रियल मड्रिड र मेस्सी बार्सिलोनाका स्टार हुन् । फुटबल इतिहासमा यी दुवै क्लबलाई एक–अर्काका दुश्मनका रूपमा समेत लिइन्छ ।

messi vs ronaldo

स्पेनिस ला लिगाको यो सिजनको पहिलो एल क्लासिको भिडन्त शनिबार बेलुका हुँदैछ । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने सिजनको पहिलो एल क्लासिको भिडन्त नेपाली समयअनुसार बेलुका ५ : ४५ बजे सुरु हुनेछ ।

स्पेनिस लिगमा मात्रै नभई विश्वमा नै सर्वाधिक धेरै रुचाइने प्रतिस्पर्धाका रूपमा लिइने बार्सिलोना र रियल म्याड्रिडबीचको सिजनको पहिलो भेटमा बाजी कसले मार्ला भन्ने अनुमान भइरहँदा शनिबारको खेल उपाधि होडमा बार्सिलोनाका लागि भन्दा रियलका लागि थप महत्वपूर्ण रहेको छ । बार्सिलोनाले भने सिजनमा उत्कृष्ट खेल जारी राख्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । आफ्नो उत्कृष्ट प्रदर्शनले बार्सिलोनाले रियलविरुद्ध शीर्ष स्थानमा स्पष्ट ११ अंकको अग्रता कायम गरेको छ । यस्तो अवस्थाबाट हेर्दा बार्सिलोना अब उपाधिको होडमा निकै अघि निस्किसकेको छ ।

गत सिजनको अन्तिम एल क्लासिकोमा बार्सिलोनाले खेलको अन्तिम १४ सेकेन्डमा रियललाई स्तब्ध पारेको थियो । मेसीले आप्mनो उत्कृष्ट ड्रिब्लिङ प्रदर्शन गरी रियलको पोस्टमा अन्तिम १४ सेकेन्डमा गोल गरी बार्सिलोनालाई २–१ को सनसनीपूर्ण जित दिलाएका थिए ।

त्यो हार अहिलेसम्म पनि रियलका खेलाडीले भुल्न सकिरहेका छैनन् । मेसीले रियलको मुखबाटै खेल खोसेर लगेका थिए । यसपटकको पहिलो एल क्लासिकोमा रियलसमक्ष बार्सिलोनालाई हराउँदै गत सिजनको बदला लिने मौका रहँदा जारी सिजन बार्सिलोनाविरुद्ध अंक घटाउने अवसर पनि हुनेछ। तर, रियलका लागि बार्सिलोनाविरुद्ध भेट भने मुस्किल हुने पक्का छ । जारी सिजन राम्रो चल्न नसक्दा आफ्नो पुरानो लयमा फर्किनु रियलका लागि चुनौती हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७