बन्द रंगशालामा बार्सिलोनाका ३–० को जित


१६ आश्विन २०७४, सोमबार
Lionel Messi celebrates with Ivan Rakitic and Andres

काठमाडौं : स्पेनिस ला लिगा फुटवलमा बार्सिलोनाले लस पालमसलाई ३–० ले हराएको छ । बार्सिलोनाको लागि मेस्सीले २ र बुस्केस्टले १ गोल गरे । बार्सिलोनाको लागि खेलको ४९ औं मिनेटमा बुस्केस्टले गोल गरेका थिए । लियोनल मेस्सीले ७० र ७७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

Lionel Messi celebrates with Ivan Rakitic and Andres

स्पेनबाट छुट्टिनको लागि क्याटालोनियामा जनमत संग्रह गर्ने तयारी भएपछि बार्सिलोनामा तनाव भएपछि मैदानका ढोका बन्द गरेर खेल खेलाइएको थियो ।

ला लिगामा बार्सिलोना ७ खेलबाट २१ अंक बटुल्दै तालिकाको शिर्ष स्थानमा छ । १६ अंकसहित सेभिल्ला दोस्रो र १५ अंकसहित भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७