साउथह्याम्टनमाथि टोटनह्यामको जित


१२ आश्विन २०७६, आईतवार
totanham 1 qs8NIjL9jX

काठमाडौं, १२ असोज । इङ्लिस प्रिमियर लिगमा टोटनह्याम हट्स्पुर विजयी भएको छ । टोटनह्यामले साउथह्याम्टनलाई २–१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा ह्यारी केनको पहिलो हाफको गोल निर्णायक बन्दा टोटनह्यामले साउथह्याम्टनलाई हराएको हो ।

२४औं मिनेटमा टांगाई एनडोम्बेलेले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा डेनियल विंग्स्ले साउथह्याम्टनका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसको चार मिनेटपछि ह्यारी केनले गोल गर्दै पुनः टोटनह्यामलाई अग्रता दिलाए ।

पहिलो हाफमा २–१ ले पछि परेको साउथह्याम्टनले दोस्रो हाफामा गोल फर्काउन सकेन र पराजित भयो । जितसँगै टोटनह्याम ११ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । साउथह्याम्टन भने ७ अंक सहित १४औं स्थानमा छ ।

उता उल्भरह्याम्टन वान्डरर्सले भने जितको स्वाद चाखेको छ । पछिल्लो तीन खेलमा दुई हार र एक बराबरीको नतिजा निकालेको उल्भ्सले शनिबार भएको खेलमा वाट्फोर्डलाई २–० ले हरायो । १८औं मिनेटमा म्याट डोट्रीले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए ।

६१औं मिनेटमा डारिल जनमतले आत्मघाती गोल गरेपछि उल्भ्सले २–० जित निकालेको हो । जितसँगै उल्भ्स सात अंक जोड्दै १३औं स्थानमा उक्लिएको छ । क्रिष्टल प्यालेसले पनि घरेलु मैदानमा नोरविच सिटीलाई २–० ले हरायो । नोरविचको जितमा लुका मिलिभोभिच र टाउसेन्डले गोल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७