कवयत्रि तथा गीतकार दीपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार


१२ आश्विन २०७६, आईतवार
Deepa rai pun

अमेरिका, १२ असोज । कवि तथा गीतकार दीपा राई पुन राजमित्र स्मृति प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । नेपाली वाङ्ममयको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याए वापत दीपा राई पुनलाई सो सम्मान दिइएको हो । 

मोती जयन्तीको अवसर शनिवार राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान र बोष्टनमा अनेसास बोष्टन च्याप्टरको संयुक्त आयोजनामा गरेको साहित्यिक समारोहमा पुस्कार प्रदान गरिएको हो । 

हाल अमेरिकाको बोस्टनमा बस्दै आएकी पुनको  ‘उ तिम्रो सपनाको म (२०६८०)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रहरु प्रकाशित छन् । 

यस्तै उनको गीति एल्बम ‘प्रतिरुप’ सार्वजनिक भएको छ भने फुटकर रूपमा सैयौं कविताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका, विद्युतीय सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित छन् ।

यसअघि पुनले भानुभक्त स्वर्ण पदक (नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सर्वाेत्कृष्ट पुस्तक पुरस्कार अनेसास, अनेसास रविना फाउण्डेसन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार २०१३ र १४, प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार २०१६ (हङकङ साहित्यिक साझा श्रृङ्खला), ज्योति साहित्य सम्मान २०७२ (ज्योति साहित्य प्रतिष्ठान), साहित्य सम्मान (लायन्स क्लब अव काठमाडौँ रेन्बो सीटी), अनल ज्योति सम्मान २०७२ (अनल ज्योति बोर्डिंग स्कूल), राष्ट्रिय नारी सम्मान पत्र – २०७३ (राष्ट्र, राष्ट्रियता र नागरिकप्रति समर्पित), राष्ट्रिय नागरिक विकास समाज विशेष नागरिक सम्मान २०७५, ‘राष्ट्रिय नारी श्रष्टा सम्मान २०७५ (महिला बालबालिका तथा युवा संचेतना समाज नेपाल) लगायतका पुरस्कार र सम्मान पाइसकेकी छिन् । 

उनी नेपालमा पुष्प व्यवसायीकी रूपमा समेत परिचित थिइन ।  उनले २००९, २०१० र २०११ मा उत्कृष्ट पुष्प व्यवसायीको पुरस्कार समेत पाएकी थिइन् ।

श्याम नेपालीलाई राजमित्र विशेष सम्मान
समारोहमा सारङ्गीवादक श्याम नेपालीलाई राजमित्र विशेष सम्मानले सम्मानित गरिएको थियो । नेपाली मौलिक लोकबाजा विश्वमा नेपालको पहिचान फैलाउन सहयोग गरेका सम्मान गरिएको हो ।

श्यामको परिवार ५ पुस्तादेखि संगीतमा छ । उनका बुवा रामशरण नेपाली त झन चर्चितै छन् ।  उनका हजुरबुवा मगर गाइने गन्धर्वले बजाएको वाद्ययन्त्र त फ्रान्सको चर्चित संग्रहालयमा समेत रहेको छ । 

१५ वर्षको उमेर नेपाल प्रज्ञा प्रतिष्ठानमा श्यामले पहिलोपटक सांगीतिक प्रस्तुति दिए थिए । उनले त्यसपछि निरन्तर विभिन्न देशमा सांरगी प्रचार तथा प्रस्तुती दिदैँ आएका छन् । श्यामले सुकर्म ब्यान्ड १९९७ मा स्थापना गरेका थिए ।  उनले सुकर्म ब्यान्डबाटै उनी सन २०११ मा १८ वटा देशमा सांगीतिक सदभावनादूत बनेर प्रस्तुति दिन गए । उनी तत्कालीन राष्ट्रपति रामवरण यादवबाट सम्मानित समेत भइसकेका छन् । 

सन २०१४ देखि उनी अमेरिका बस्दै आएका छन् ।  

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७