कसरी राम्री बन्छिन् केकी ? (फोटो फिचर)


८ पुष २०७४, शनिबार
Keki

नेपाली सिनेमा क्षेत्रमा बौद्धिक अभिनेत्रीहरु कम छन् । अभिनय र समाजलाई राम्ररी बुझेर आएका अभिनेत्रीहरु औलामा गन्न सकिने मात्रै छ । ती मध्येकी एक हुन्, अभिनेत्री केकी अधिकारी । केकीले म्युजिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली सिनेमा क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न म्युजिक भिडियोमा काम गरेकी थिइन् । उनले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल तथा हालै प्रदर्शित भएको मेरो बेस्ट फ्रेन्डमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन् ।

केकी अधिकारीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी हुन्। उनले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटी बाट पास गरेकी हुन्। केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँ बाट एसएलसी पास गरेकी हुन्। उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेज बाट गरेकी हुन्। बौद्धिक सुन्दरतासँगै शारिरिक रुपमा पनि उनी उत्तिकै सुन्दर छिन् । केकीले अभिनय गरेकी चलचित्र ‘राज्जा रानी’ पौष २१ गतेबाट रिलिज हुन लागेको छ । हेर्नुहोस् केकीका एक दर्जन सुन्दर तस्बिर :-

Keki adhikari 5

 

Keki adhikari 13

Keki adhikari 9

 

Keki adhikari 4 1

Keki adhikari 6

Keki adhikari 7

Keki adhikari 8

Keki adhikari 10

 

Keki

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७