‘सिमा रक्षक’ देवनारायण यादवलाई भारतमा अपहरणको मुद्दा


१६ आश्विन २०७४, सोमबार
Dev Naryan

काठमाडौँ: सीमा रक्षाका लागि भारतीयसँग लाठी लिएर लडेका सप्तरीको तिलाठीका देवनारायण यादव र उनको छोरा अजयलाई अपहरणको मुद्दा चलाएको छ ।भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्रेको र छोरालाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले पक्रेर मुद्दा चलाएको हो । हाल देवनारायण र अजयलाई भारतको सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।Dev Naryan

एक बर्ष अघि सप्तरीको दक्षिण सीमावर्ती तिलाठी नजिकै दशगजा क्षेत्रमा रहेको खाँडो नदीमा भारतीयहरुले जबर्जस्ती बाँध बनाएपछि उनकै नेतृत्वमा नेपालीहरुले प्रतिरोध गरेका थिए । भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायत प्रशासनले नेपालका आधा दर्जन बढी गाविस डुबानमा पार्ने गरी बाँध बनाएपछि प्रतिरोध गरिएको हो । यादवलाई भारतीय प्रहरीले उनले प्रतिरोध गरेको खाँडो नदीको ठिक पारिपट्टीको बजार कुनौलीबाट शनिबार पक्राउ गरेको हो ।

देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ । तर तिलाठीका बासीन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्रको रुपमा लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७