सार्वजनिकस्थलको होर्डिङ स्क्रिनमा घण्टौंसम्म पोर्न भिडियो आएपछि…


१३ आश्विन २०७६, सोमबार
hording

काठमाडौं, १३ असोज । न्यूजिल्याण्डको अकल्यान्डस्थित खेलकुद कम्पनी एक्सिसको होर्डिङ स्क्रिनमा घण्टौसम्म पोर्न भिडियो प्रदर्शन भएको छ ।

खेलकुद सामाग्रीको प्रवर्धनका लागि राखिएका होर्डिङ स्क्रिनमा बिहान कम्पनी खुल्ने समयसम्म पोर्न भिडियो प्रदर्शन भएको देखिएको थियो ।

जापानीज कम्पनी एक्सिसका अनुसार उक्त कार्य ह्याकरले गरेका हुन् । ह्याकरले कम्पनीको सिस्टम हातमा लिएर अश्लिल भिडियो होर्डिङ स्क्रिनमा प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।
आफ्नो सुरक्षा कमजोरी स्वीकार्दै कम्पनीले यस विषयमा माफी मागेको छ । प्रहरीले यस घटनामा छानबिन गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७