लक्ष्मी बैंकको शाखा मोरङको रँगेली र काठमाडौंको कपनमा


१३ आश्विन २०७६, सोमबार
laxmi bank

काठमाडौं,१३ असोज । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११४औँ शाखा मोरङको रँगेलीमा र ११५औँ शाखा काठमाडोैंको कपनमा संचालनमा ल्याएकोे छ ।


यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यी नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७