यौन दूराचारको आरोपपछि राजीनामा दिंदै सभामुख


१४ आश्विन २०७६, मंगलवार
Krishna Bahadur Mahara

काठमाडौं, १४ असोज । संसद सचिवालयकी महिलालाई यौन दुर्व्यवहारको संगीन आरोपमा मुछिएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन् ।

मंगलबार बिहान बसेको नेकपा शीर्ष नेताहरुको बैठकले पार्टीको तर्फबाट सभामुख भएका महरालाई पदबाट राजीनामा गर्न निर्देशन दिएका हुन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, सुवाष नेम्वाङसहित सहभागी थिए ।

‘बैठकमा छलफलको मुख्य विषय सभामुख ज्यूमाथि लागेको यौन दूराचार रहेको थियो’, नेकपा एक नेताले भने, ‘बैठकले उहाँलाई राजीनामा गराउन निर्देशन दिने निर्णय गरेको छ । सचिवालयको बैठकले यसलाई औपचारिकता दिनेछ ।’

सभामुख महरा यौन दूराचारको संगीन आरोपमा तानिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, साझा पार्टीलगायतले सभामुखले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७