महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाव


१४ आश्विन २०७६, मंगलवार
NCP Meeting baluwatar 20190218062305

काठमाडौं, १४ असोज । संसद सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा मुछिएसँगै सभामुख कृष्णबहादुर महराको सभामुखबाट मात्र नभई सांसद पदबाट समेत राजीनामा दिन पर्ने अवस्था सिर्जना भएको छ ।

मंगलबार विहान बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको छलफल र नेकपा सचिवालयको वैठकपछि शीर्ष नेताहरु यस्तो निष्कर्षमा पुगेका छन् शीर्ष नेताको सुझावपछि सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन तयार भएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रक्रियामा सघाउ पुर्‍याउनु पर्ने सुझाव दिने निर्णय गरिएको सचिवालयका एक नेताले बताएका छन । प्रतिपक्षी दलहरुले पनि तत्काल राजीनामा दिन महरालाई दवाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७