डोजर पल्टिँदा एकको मृत्यु


१४ आश्विन २०७६, मंगलवार

कालिकाेट, १४ असाेज । 
जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा मंगलबार बिहान डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो’ उनले भने, ‘अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७