सिसडोलवासीलाई महानगरबाट क्षतिपूर्ति दिने निर्णय


१४ आश्विन २०७६, मंगलवार
71057573 567152744056116 6473607616017727488 n 1

काठमाडौं, १४ असोज । काठमाडौं महानगरको ३७ औं कार्यपालिका बैठकले सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । सोमबार बसेको बैठकले ल्याण्डफिल्ड साइट क्षेत्रभित्र परेका प्रभावित जग्गाको बाली क्षतिपूर्ति दिने निर्णय गरेको छ । यस्तै सहरी योजना आयोगका सदस्यहरूको नियुक्तिलाई अनुमोदन पनि गरेको छ ।

सिसडोल ल्णडफिल्ड साइटमा कार्यरत ९ जना सहायक स्तरका कर्मचारीसहित महानगरमा कार्यरत विषयगत कार्यालयबाट आएका सामाजिक परिचालकको करार नविकरणसमेत गरेको महानगरपालिकाले जनाएको छ । सोमबारको बैठकबाट १६ वटा कार्यविधि निर्माणका लागि विधायन समितिमा पठाएको छ ।

महानगर प्रमुख प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले, काठमाडौंको सहरी क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक १५ वटा र जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूका लागि कार्यक्रम सञ्चालन व्यवस्थापन अनुगमन र नियमन सम्वन्धि कार्यविधि तयार गर्न विधायन समितिमा पठाएको छ । कार्यपालिकामा यी प्रस्तावहरु सहरी स्वास्थ्य महाशाखा र सामाजिक विकास विभागबाट पुगेका हुन् ।

जिन्सी निरीक्षण प्रतिवेदन २०७५ ले औंल्याएका र फुटपाथ अतिक्रमण नियन्त्रण गर्ने क्रममा संकलन गर्ने कपडाजन्य सामान लिलाम गर्ने निर्णय गरेको बैठकले फुटकर जिन्सी सामग्रीको दररेट स्वीकृत पनि गरेको छ । यस्तै मेलमिलाप केन्द्र स्थापना गर्न सूचीकृत गरेको मेलमिलापकर्ताको सूची बैठकले अनुमोदन गरेको छ ।

काठमाडौंको फोहोरमैला व्यवस्थापनमा विद्यमान अभ्यास, यसका लागि लगानी बोर्डबाट गरिएका प्रयासको समीक्षा गर्दै बैठकले महानगरको दायित्वभित्र पर्ने फोहोरमैला व्यवस्थापनको कामका लागि इन्सिनेरेटर पावर प्लान्ट स्थापनाका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको छ ।

यो अध्ययन गर्न लाग्ने समयावधिभित्र लगानी बोर्डबाट हुनसक्ने सम्भावित काम र प्रतिवेदनले औंल्याएका सम्भावना विश्लेषण गरेर अगाडि बढ्ने प्रमुख शाक्यको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७