भोजपुर हतुवागढीकी बन्दना राई कवितामा प्रथम


८ पुष २०७४, शनिबार
bandana bantawa rai

भोजपुर : भोजपुर हतुवागढी गापाका बन्दना राई ‘१३ अाैं बान्तावा राष्ट्रिय कविता प्रतियोगिता’मा प्रथम भएकी छिन् । त्यस्तै पाँचथर मिक्लाजुङ गापाका इन्द्र मुकारुङ ‘डाक्बुङ’ दोस्रो भए ।

Vandana Rai
बन्दना रार्इ , कवि ।

भोजपुर आम्चोक गापाका विजय ग्वाले तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो कविहरूले रु. १० हजार, ६ हजार र ४ हजार रकम बुङ्वाखा-श्यामराज दुब्देङ्हाङ स्मृति पुरस्कारु अक्षयकोषबाट पुरस्कार प्राप्‍त गरेका हुन् ।
बुङ्वाखाको तेह्रौं वार्षिकोत्सवको अवसरमा किरात राई यायोक्खा नगर कार्यसमिति उर्लाबारी, मोरङको सह आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा साहित्य विभागको सहयकार्यमा उर्लाबारीमा पुस ८ गते कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारङ प्रमुख अतिथि, अखिल किरात राई सङ्घ, सिक्किमका प्रतिनिधि बिदि रोक्दुङ र साहित्यकार बन्दना खालिङ विशेष अतिथिहरू थिए ।bandana bantawa rai

vandana rai

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७