टी–२० क्रिकेट सिरिजमा नेपाल र जिम्बावेबीच खेल जारी (LIVE)


१४ आश्विन २०७६, मंगलवार
criket

काठमाडौं, १४ असोज । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट  अन्तर्गत आफ्नो तेस्रो खेलमा टेष्ट टोली जिम्बावेविरुद्ध पहिला फिल्डिङ गरिरहेकाे छ । सिंगापुरको इन्डियन एसोसियसन मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हाे ।

हरेक टिमले एक अर्काविरुद्ध दुई-दुई खेल खेल्ने भएकाले नेपालले जिम्बावेविरुद्ध आज दोस्रो खेल खेल्न लागेको हो । नेपाल जिम्बावेलाई हराएर सिरिजको उपाधि होडमा बलियो बनाउन चाहन्छ ।

https://youtu.be/CVcOwE547pM

आयोजक तथा एसोसियट राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई हराएसँगै नेपाल तालिका शीर्ष स्थानमा उक्लेको छ । आइतबार राति भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको थियो । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । नेपालले सिंगापुरलाई भने ९ विकेटले हराएको थियो । सिरिजको तालिकामा जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ ।

सिंगापुरको पनि २ अंक छ । त्यसैले ३ वटै टिमले सिरिजको उपाधि जित्ने सम्भावना छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

जिम्बावेलाई हराएमा नेपालले उपाधि जित्ने सम्भावना बलियो बनाउनेछ। साथै नेपालले भोलि सिंगापुरलाई पनि हराउनु पर्नेछ । आइतबार भएको खेलमा नेपालले सिंगापुलाई नौ विकेटले पराजित गरेको थियो । उक्त खेलमा कप्तान पारस खड्काले कीर्तिमानी   शतक प्रहार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७