ग्लोबल आइएमई र शिवम् सिमेन्ट प्रालिले लाभांश दिने


१४ आश्विन २०७६, मंगलवार
global

काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७५–०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो ।

बैंकले १२.७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले आज उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो । उक्त लाभांश बैंकको साधारणसभाले र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण हुने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यस्तै शिवम् सिमेन्ट प्रा.लिले आफ्ना शेयरधनीलाई प्रतिशेयर १५.७८ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट रु ६९ करोड ४७ लाख ३८ हजार लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७