विजय कुमार गच्छदार: अभागी नेता, भाग्यमानी भविष्य


प्रकाशित मिति : August 18, 2017

काठमाडौं : वर्तमान समयमा वैकल्पिक राजनीति शक्तिले ठुलो आकार लिएको छ । प्रोपोगाण्ड नगरी ती शक्तिले ठुलो आकार विस्तार गरिसकेका छन् । समावेशी र समानतालाई जोड् दिएका छन् । हिमाल, पहाड र तराई जोड्ने नीति अपनाएको छ । आफ्नो शक्ति र पहुँच देशव्यापी रूपमा फैलिएका छन् । त्यो हो ‘नेपाल लोकतान्त्रिक फोरम नेपाल’ । केही शक्तिहरू देशलाई विभाजन गन सक्रिय भएका छन् । जनतालाई जातीय आधारमा विभाजन गर्न लागिपरेका छन् । देशमा स्थिरता ल्याउन वैदेशिक शक्तिलाई गुहारेका छन् । देशको अस्थिरतालाई रोक्न शक्ति नेपाल लोकतान्त्रिक फोरम भन्दा अन्य पार्टीले गर्नै सक्दैन । यो शक्तिको पहिचान गर्न अत्यवश्क छ ।इतिहाँसलाई फर्केर हेर्दा २०६३ सालमा मधेस आन्दोलन सुरु भयो । मधेस आन्दोलनलाई अनियन्त्रित बनाउने प्रयास भएको थियो । त्यो आन्दोलन अनियन्त्रीत हुन सशक्त नेताविजय कुमार गच्छदारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु भएको थियो । अतिवादी शक्तिहरूको हातमा गइरहेको मधेस आन्दोलनमा लोकतान्त्रिक व्यक्तित्वको उपस्थिति समयको माग थियो । गच्छदारले सो माग पूरा गर्नु भयो । अतिवादको छायाँबाट मधेस आन्दोलनलाई मुक्त गरेर उपलब्धीमूलक आन्दोलन गर्न गच्छदारले योगदान गर्नु भयोे । गच्छदारको उपस्थिति थिएन भने मधेस आन्दोलन चकनाचुर हुनसक्थ्यो र अतिवादीहरुको नयाँ युग सुरु हुन सक्थ्यो ।मधेस आन्दोलनकै बलमा तत्कालीन मधेसी जनअधिकार फोरमले आफूलाई देशको चौथो र मधेसको पहिलो ठुलो शक्तिका रूपमा उभ्याए। फोरमलाई त्यति सशक्त बनाउने गच्छदारले गर्नुभयो । यो कुराको पुष्टि दोस्रो संविधानसभाको चुनावले छर्लङग पारेको छ । पहिलो चुनावपछि फोरम विभाजित भयो । उपेन्द्र यादवको नेतृत्वमा एउटा र गच्छदारको नेतृत्वमा अर्काे पार्टी बन्यो । दोस्रो संविधानसभा चुनावमा गच्छदार नेतृत्वको पार्टी मधेसमा सबैभन्दा ठुलो पार्टी बन्यो । मातृपार्टीभन्दा विभाजित भएर गएको पार्टी ठुलो रूपमा स्थापित भएको नेपालको यो पहिलो घटना थियो ।त्यसपछि कुरा आउँछ १६ बुँदे सम्झौताको । संविधान निर्माण धरापमा परेको बेला गच्छदार अगाडि सरे । उनले तीनतिर मुख फर्काएर बसेका काँग्रेस, एमाले र माओवादीलाई एक ठाउँ ल्याए । १६ बुँदे सम्झौता गराए जो संविधान जारी गर्ने आधारशिला बन्यो । संविधानले मधेसी, थारु, जनजाति लगायतको अधिकार सुनिश्चित ग¥यो । आन्दोलनको मैदानमा मात्र जनतालाई होमेर हुँदैन, उपलब्धि हासिल गर्नुपर्छ भन्ने गच्छदारको वैचारिक लाइनमा टेकेर संविधान जारी भयो । अहिलेको संविधान संशोधन प्रकरणलाई हेरौं । गच्छदार संविधान संशोधनको पक्षमा छन्, संविधान भनेको निरन्तर संशोधन हुनसक्ने दस्ताबेज हो भन्ने गच्छदारले विचार दिनु भएको छ । तर, संविधान संशोधनका लागि जनताले मर्नुपर्छ भन्ने विचारको गच्छदार विरोधी हुनुहुन्छ । संविधान संशोधनको थलो संसद् हो, सडक होइन भन्ने विचार गच्छदारले दिनुलाई नेपालको अहिलेको राजनीतिक परिदृष्यमा सामान्य ठानिनु हुन्न । संविधानको उपलब्धिको उपयोग गर्दै संसदभित्रबाट संविधान संशोधन हुनुपर्छ, संशोधनको नाममा जनतालाई सताउनु हुँदैन भन्ने गच्छदारको धारणाबाट सबैले पाठ सिक्न जरुरी छ ।अभागी नेता संविधान जारी भएपछि नेपालमा नयाँ युग सुरु भएको छ । संविधान जारी हुनासाथ भारतले नाकाबन्दी लगायो । नाकाबन्दीको विरोध गर्दै सहमतिको राजनीतिक वातावरण बनाउन, अन्तर्राष्ट्रिय रूपमा छलफल अगाडि बढाउन गच्छदारले नै भूमिका निर्वाह गर्नु भएको हो । तर, नेपाली राजनीतिमा कहिले जस नपाउने अभागी नेता हुनुहुन्छ गच्छदार । काम ठूलाठूला गर्नुभयो, राष्ट्रिय राजनीतिलाई निर्णायक मोड दिनुभयो, ठूलाठूला उपलब्धिको ‘लन्चिङ प्याड’ बन्नु भयो । तर, त्यस अनुरूप जस पाउनु भएनन् ।नाकाबन्दीको बेला सबैभन्दा तार्किक र व्यवहारिक अडान गच्छदारले नै लिनु भएको थियो । तर, त्यस अनुरूप जस पाउनु भएनन् । भौतिक योजना मन्त्रीका रूपमा उत्तरी नाका खोल्न गर्नुभएकोे योगदानको कुनै चर्चाको विषय बनेन् । नत संविधान जारी हुन नै सक्थे । किनभने मुख्य दलहरूको साथमा मधेसका शक्ति थिएनन् । एक्लो वृहस्पती बनेर गच्छदार उभिनु भएको थियो । तैपनि जस पाउनु भएनन् ।गच्छदार नेतृत्व नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरू भन्ने गर्छन्– ‘हाम्रो पार्टी अभागी शक्ति हो, किनभने हामीले काम अनुसार जस पाएनौं ।’ वास्तवमा यो सत्य हो तर अब सत्य बदलिने निश्चित छ । हुन त गच्छदारलाई धेरै पटक मन्त्री भएको भाग्यमानी नेता भन्नेहरु पनि कम छैनन् । धेरै पटक मन्त्री बनेकाले आलोचना गर्नेहरु कम छैनन् । के धेरै पटक जिम्मेवारी पाउनु अपराध हो ? काँग्रेस एमालेका एकथरी नेताहरू जहिलेतहिले सरकारमा छन् । काँग्रेस एमाले नेताहरू सरकार बाहिर रहँदा पनि सरकारमा भए सरह सत्ता र सुविधा उपभोग गरिरहेका छन् । गच्छदार एकजनाले चाहिँ बारम्बार मन्त्री बन्न हुँदैन भनेर कहीँ लेखिएको छैन । मन्त्री बनेर गच्छदारले गरेको विकास निर्माणमा योगदान र राजनीतिक समस्या समाधानका लागि गरेको योगदानको चाहिँ किन चर्चा हुँदैन ? के गच्छदारले चाहिँ राजनीतिबाट सन्याश लिनुपर्ने हो ? हो भने काँग्रेस एमाले सहित मधेसवादी भनिने दलहरूका दर्जनौं नेताहरूले एकसाथ सन्याश लिए हुन्छ ।नेपाली राजनीतिमा जस लिने खास तरिका हुँदो रहेछ । जस्तो कि– काठमाडौँको सडक विस्तारको जस डा. बाबुराम भट्टराईले लिने गरेका छन् । सत्य के हो भने बाबुराम प्रधानमन्त्री हुँदा सडक विस्तारको सबै कार्ययोजना गच्छदारले बनाएका थिए, विस्तारको काम गच्छदारले गरेका थिए, कार्यान्वयन गच्छदारले गरेका थिए । तर, जस नखोज्ने उनको बानी छ, जस लिन जान्दैनन् पनि । थोरै काम गर्ने धेरै हल्ला गर्ने शैली गच्छदारले अपनाएनन् । बरु, काम गर्ने अनि हल्ला नगरी बस्ने शैली अपनाए ।नयाँ स्वरूपमा नेपाल लोकतान्त्रिक फोरमनेपालमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिको चर्चा हुन थालेको दशकौं भयो । कस्तो शक्तिलाई नयाँ र वैकल्पिक भनिन्छ भन्ने अष्पस्ट छ । आआफ्नो परिभाषा छ । तर, अहिले नेपाललाई कस्तो नेता र राजनीतिक शक्ति चाहिएको भन्ने चाहिँ स्पष्ट छ । यसलाई बूँदागत रूपमा यसरी भन्न सकिन्छ–- जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने - कुनै एक जातिको मात्र कुरा नगरेर सारा नेपालीको भलाइको कुरा गर्ने - जातीय विग्रह होइन, जातीय एकता भन्ने - हिमाल पहाड तराईका जनतालाई जोड्ने - संविधान कार्यान्वयन गर्दै जनअधिकार सुनिश्चित गर्ने - परम्परागत ठुला राजनीतिक शक्तिहरूलाई चुनौती पनि दिने र उनीहरूलाई एक ठाउँमा पनि ल्याउने - सन्तुलित वैदेशिक सम्बन्ध स्थापित गर्दै नेपालको राष्ट्रियतालाई प्रवद्र्धन गर्नेयी गुणहरू भएको शक्ति नेपालको अहिलेको र भविष्यको पनि आवश्यकता हो । यी गुण गच्छदार नेतृत्व नेपाल लोकतान्त्रिक फोरममा मात्रै छ । पार्टीलाई हिमाल पहाड सबैतिर विस्तार गरेको छ । गच्छदारले कहिले कुनै जातीय समुदायलाई गाली गर्नु भएको छैन । जातीय गाली दिनु खास किसिमका नेताहरूको विशेषता नै भएको छ । गच्छदार तथा लोकतान्त्रिक फोरमले कहिले पनि अतिवादलाई स्वीकार गरेको छैन र गर्दैन पनि । बरु समभावको कुरा गर्छन् ।अर्काे पक्षयति व्याख्या गरिनुको खास अर्थ छ । नयाँ शक्तिका रूपमा देशलाई कस्तो शक्ति चाहिएको हो भन्ने तथ्यको व्याख्या गर्दा अर्काे महत्त्वपूर्ण पक्षलाई बिर्सन मिल्दैन । अब देश जोड्ने शक्तिको नेतृत्व कुन जातीय समुदायको हुन्छ भन्नेले पनि खास अर्थ राख्छ । पहाडी र मधेसी समुदाय, जनजाति र गैरजनजाति समुदाय, दलित र गैरदलित समुदाय, थारु र गैर थारु समुदायका रूपमा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको छ । यो विभाजनलाई रोक्न देशलाई तराईबाट यस्तो समुदायको नेतृत्व चाहिएको छ जसले जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने भावना बोलोस् । त्यस्तो समुदाय थारु हो । थारु समुदाय नेपालको मध्यस्थ समुदाय हो । यो समुदाय पहाडी पनि होइन, मधेसी पनि होइन । पहाडी र मधेसी समुदायबी सेतुको रूपमा रहेको छ थारु समुदाय । तसर्थ, देशमा आगामी दिनमा थारु समुदायका नेता कार्यकारी प्रमुखका रूपमा स्थापित हुनु नेपालको राष्ट्रिय हित तथा एकताका लागि अपरिहार्य आवश्यकता बनेको छ ।थारु समुदायका धेरै नेता छन् तर उनीहरूले देश बोक्न सक्ने राजनीतिक दलको नेतृत्व गरेका छैनन् । विजय गच्छदार मात्र हुन् जसले देश बोक्न सक्ने राजनीतिक दलको नेतृत्व गरिरहनु भएको छ । राजनीतिक अनुभव, उमेर, परिपक्वता र भिजनका दृष्टिले थारु समुदायका नेताहरुमध्ये सबैभन्दा माथि हुनुहुन्छ गच्छदार । त्यति मात्र होइन, देशका राष्ट्रिय नेताहरुसँग दाजिन सक्ने, दरिन सक्ने र जुध्न सक्ने गच्छदार हुनुहुन्छ । भावी दिनमा पहाडी समुदाय बाहिरका नेता कसैले कार्यकारी प्रमुख बन्ने ल्याकत राख्छ भने विजय कुमार गच्छदार नै हुन् । र, मुलुक त्यस्तो सम्भावनाको संघारमा आइपुगेको छ ।भविष्यको चाबी विजय कुमार गच्छदार तथा फोरम लोकतान्त्रिकले देश जोड्ने विचार ल्याइरहेको छ । मधेसमा जन्मिएर पहाड हिमालमा फैलिने तथा त्यहाँका जनताको विश्वास जित्ने नेपालको पहिलो पार्टी नेपाल लोकतान्त्रिक फोरम नै बन्ने छ । यसको अर्थ के हो भने वैकल्पिक र नयाँ राजनीतिक शक्तिका रूपमा फोरम लोकतान्त्रिकले जरा हालेको छ । यो पक्षलाई सबैले गम्भीरतासाथ लिन जरुरी छ ।अर्थात्, अभागी नेता विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको भाग्योदय हुन थालेको छ । फोरम लोकतान्त्रिकको भाग्योदयले देशकै भाग्योदय हुने विश्वास गरौँ । युवा नेता देव लिम्बु नेपाल लोकतान्त्रिक फोरम 

काठमाडौं : वर्तमान समयमा वैकल्पिक राजनीति शक्तिले ठुलो आकार लिएको छ । प्रोपोगाण्ड नगरी ती शक्तिले ठुलो आकार विस्तार गरिसकेका छन् । समावेशी र समानतालाई जोड् दिएका छन् । हिमाल, पहाड र तराई जोड्ने नीति अपनाएको छ । आफ्नो शक्ति र पहुँच देशव्यापी रूपमा फैलिएका छन् । त्यो हो ‘नेपाल लोकतान्त्रिक फोरम नेपाल’ । केही शक्तिहरू देशलाई विभाजन गन सक्रिय भएका छन् । जनतालाई जातीय आधारमा विभाजन गर्न लागिपरेका छन् । देशमा स्थिरता ल्याउन वैदेशिक शक्तिलाई गुहारेका छन् । देशको अस्थिरतालाई रोक्न शक्ति नेपाल लोकतान्त्रिक फोरम भन्दा अन्य पार्टीले गर्नै सक्दैन । यो शक्तिको पहिचान गर्न अत्यवश्क छ ।

इतिहाँसलाई फर्केर हेर्दा
२०६३ सालमा मधेस आन्दोलन सुरु भयो । मधेस आन्दोलनलाई अनियन्त्रित बनाउने प्रयास भएको थियो । त्यो आन्दोलन अनियन्त्रीत हुन सशक्त नेताविजय कुमार गच्छदारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु भएको थियो । अतिवादी शक्तिहरूको हातमा गइरहेको मधेस आन्दोलनमा लोकतान्त्रिक व्यक्तित्वको उपस्थिति समयको माग थियो । गच्छदारले सो माग पूरा गर्नु भयो । अतिवादको छायाँबाट मधेस आन्दोलनलाई मुक्त गरेर उपलब्धीमूलक आन्दोलन गर्न गच्छदारले योगदान गर्नु भयोे । गच्छदारको उपस्थिति थिएन भने मधेस आन्दोलन चकनाचुर हुनसक्थ्यो र अतिवादीहरुको नयाँ युग सुरु हुन सक्थ्यो ।

मधेस आन्दोलनकै बलमा तत्कालीन मधेसी जनअधिकार फोरमले आफूलाई देशको चौथो र मधेसको पहिलो ठुलो शक्तिका रूपमा उभ्याए। फोरमलाई त्यति सशक्त बनाउने गच्छदारले गर्नुभयो । यो कुराको पुष्टि दोस्रो संविधानसभाको चुनावले छर्लङग पारेको छ । पहिलो चुनावपछि फोरम विभाजित भयो । उपेन्द्र यादवको नेतृत्वमा एउटा र गच्छदारको नेतृत्वमा अर्काे पार्टी बन्यो । दोस्रो संविधानसभा चुनावमा गच्छदार नेतृत्वको पार्टी मधेसमा सबैभन्दा ठुलो पार्टी बन्यो । मातृपार्टीभन्दा विभाजित भएर गएको पार्टी ठुलो रूपमा स्थापित भएको नेपालको यो पहिलो घटना थियो ।

त्यसपछि कुरा आउँछ १६ बुँदे सम्झौताको । संविधान निर्माण धरापमा परेको बेला गच्छदार अगाडि सरे । उनले तीनतिर मुख फर्काएर बसेका काँग्रेस, एमाले र माओवादीलाई एक ठाउँ ल्याए । १६ बुँदे सम्झौता गराए जो संविधान जारी गर्ने आधारशिला बन्यो । संविधानले मधेसी, थारु, जनजाति लगायतको अधिकार सुनिश्चित ग¥यो । आन्दोलनको मैदानमा मात्र जनतालाई होमेर हुँदैन, उपलब्धि हासिल गर्नुपर्छ भन्ने गच्छदारको वैचारिक लाइनमा टेकेर संविधान जारी भयो ।
अहिलेको संविधान संशोधन प्रकरणलाई हेरौं । गच्छदार संविधान संशोधनको पक्षमा छन्, संविधान भनेको निरन्तर संशोधन हुनसक्ने दस्ताबेज हो भन्ने गच्छदारले विचार दिनु भएको छ । तर, संविधान संशोधनका लागि जनताले मर्नुपर्छ भन्ने विचारको गच्छदार विरोधी हुनुहुन्छ । संविधान संशोधनको थलो संसद् हो, सडक होइन भन्ने विचार गच्छदारले दिनुलाई नेपालको अहिलेको राजनीतिक परिदृष्यमा सामान्य ठानिनु हुन्न । संविधानको उपलब्धिको उपयोग गर्दै संसदभित्रबाट संविधान संशोधन हुनुपर्छ, संशोधनको नाममा जनतालाई सताउनु हुँदैन भन्ने गच्छदारको धारणाबाट सबैले पाठ सिक्न जरुरी छ ।

अभागी नेता
संविधान जारी भएपछि नेपालमा नयाँ युग सुरु भएको छ । संविधान जारी हुनासाथ भारतले नाकाबन्दी लगायो । नाकाबन्दीको विरोध गर्दै सहमतिको राजनीतिक वातावरण बनाउन, अन्तर्राष्ट्रिय रूपमा छलफल अगाडि बढाउन गच्छदारले नै भूमिका निर्वाह गर्नु भएको हो । तर, नेपाली राजनीतिमा कहिले जस नपाउने अभागी नेता हुनुहुन्छ गच्छदार । काम ठूलाठूला गर्नुभयो, राष्ट्रिय राजनीतिलाई निर्णायक मोड दिनुभयो, ठूलाठूला उपलब्धिको ‘लन्चिङ प्याड’ बन्नु भयो । तर, त्यस अनुरूप जस पाउनु भएनन् ।

नाकाबन्दीको बेला सबैभन्दा तार्किक र व्यवहारिक अडान गच्छदारले नै लिनु भएको थियो । तर, त्यस अनुरूप जस पाउनु भएनन् । भौतिक योजना मन्त्रीका रूपमा उत्तरी नाका खोल्न गर्नुभएकोे योगदानको कुनै चर्चाको विषय बनेन् । नत संविधान जारी हुन नै सक्थे । किनभने मुख्य दलहरूको साथमा मधेसका शक्ति थिएनन् । एक्लो वृहस्पती बनेर गच्छदार उभिनु भएको थियो । तैपनि जस पाउनु भएनन् ।

गच्छदार नेतृत्व नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरू भन्ने गर्छन्– ‘हाम्रो पार्टी अभागी शक्ति हो, किनभने हामीले काम अनुसार जस पाएनौं ।’ वास्तवमा यो सत्य हो तर अब सत्य बदलिने निश्चित छ । हुन त गच्छदारलाई धेरै पटक मन्त्री भएको भाग्यमानी नेता भन्नेहरु पनि कम छैनन् । धेरै पटक मन्त्री बनेकाले आलोचना गर्नेहरु कम छैनन् । के धेरै पटक जिम्मेवारी पाउनु अपराध हो ? काँग्रेस एमालेका एकथरी नेताहरू जहिलेतहिले सरकारमा छन् । काँग्रेस एमाले नेताहरू सरकार बाहिर रहँदा पनि सरकारमा भए सरह सत्ता र सुविधा उपभोग गरिरहेका छन् । गच्छदार एकजनाले चाहिँ बारम्बार मन्त्री बन्न हुँदैन भनेर कहीँ लेखिएको छैन । मन्त्री बनेर गच्छदारले गरेको विकास निर्माणमा योगदान र राजनीतिक समस्या समाधानका लागि गरेको योगदानको चाहिँ किन चर्चा हुँदैन ? के गच्छदारले चाहिँ राजनीतिबाट सन्याश लिनुपर्ने हो ? हो भने काँग्रेस एमाले सहित मधेसवादी भनिने दलहरूका दर्जनौं नेताहरूले एकसाथ सन्याश लिए हुन्छ ।

नेपाली राजनीतिमा जस लिने खास तरिका हुँदो रहेछ । जस्तो कि– काठमाडौँको सडक विस्तारको जस डा. बाबुराम भट्टराईले लिने गरेका छन् । सत्य के हो भने बाबुराम प्रधानमन्त्री हुँदा सडक विस्तारको सबै कार्ययोजना गच्छदारले बनाएका थिए, विस्तारको काम गच्छदारले गरेका थिए, कार्यान्वयन गच्छदारले गरेका थिए । तर, जस नखोज्ने उनको बानी छ, जस लिन जान्दैनन् पनि । थोरै काम गर्ने धेरै हल्ला गर्ने शैली गच्छदारले अपनाएनन् । बरु, काम गर्ने अनि हल्ला नगरी बस्ने शैली अपनाए ।

नयाँ स्वरूपमा नेपाल लोकतान्त्रिक फोरम

नेपालमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिको चर्चा हुन थालेको दशकौं भयो । कस्तो शक्तिलाई नयाँ र वैकल्पिक भनिन्छ भन्ने अष्पस्ट छ । आआफ्नो परिभाषा छ । तर, अहिले नेपाललाई कस्तो नेता र राजनीतिक शक्ति चाहिएको भन्ने चाहिँ स्पष्ट छ । यसलाई बूँदागत रूपमा यसरी भन्न सकिन्छ–

– जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने
– कुनै एक जातिको मात्र कुरा नगरेर सारा नेपालीको भलाइको कुरा गर्ने
– जातीय विग्रह होइन, जातीय एकता भन्ने
– हिमाल पहाड तराईका जनतालाई जोड्ने
– संविधान कार्यान्वयन गर्दै जनअधिकार सुनिश्चित गर्ने
– परम्परागत ठुला राजनीतिक शक्तिहरूलाई चुनौती पनि दिने र उनीहरूलाई एक ठाउँमा पनि ल्याउने
– सन्तुलित वैदेशिक सम्बन्ध स्थापित गर्दै नेपालको राष्ट्रियतालाई प्रवद्र्धन गर्ने

यी गुणहरू भएको शक्ति नेपालको अहिलेको र भविष्यको पनि आवश्यकता हो । यी गुण गच्छदार नेतृत्व नेपाल लोकतान्त्रिक फोरममा मात्रै छ । पार्टीलाई हिमाल पहाड सबैतिर विस्तार गरेको छ । गच्छदारले कहिले कुनै जातीय समुदायलाई गाली गर्नु भएको छैन । जातीय गाली दिनु खास किसिमका नेताहरूको विशेषता नै भएको छ । गच्छदार तथा लोकतान्त्रिक फोरमले कहिले पनि अतिवादलाई स्वीकार गरेको छैन र गर्दैन पनि । बरु समभावको कुरा गर्छन् ।

अर्काे पक्ष

यति व्याख्या गरिनुको खास अर्थ छ । नयाँ शक्तिका रूपमा देशलाई कस्तो शक्ति चाहिएको हो भन्ने तथ्यको व्याख्या गर्दा अर्काे महत्त्वपूर्ण पक्षलाई बिर्सन मिल्दैन । अब देश जोड्ने शक्तिको नेतृत्व कुन जातीय समुदायको हुन्छ भन्नेले पनि खास अर्थ राख्छ । पहाडी र मधेसी समुदाय, जनजाति र गैरजनजाति समुदाय, दलित र गैरदलित समुदाय, थारु र गैर थारु समुदायका रूपमा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको छ । यो विभाजनलाई रोक्न देशलाई तराईबाट यस्तो समुदायको नेतृत्व चाहिएको छ जसले जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने भावना बोलोस् । त्यस्तो समुदाय थारु हो । थारु समुदाय नेपालको मध्यस्थ समुदाय हो । यो समुदाय पहाडी पनि होइन, मधेसी पनि होइन । पहाडी र मधेसी समुदायबी सेतुको रूपमा रहेको छ थारु समुदाय । तसर्थ, देशमा आगामी दिनमा थारु समुदायका नेता कार्यकारी प्रमुखका रूपमा स्थापित हुनु नेपालको राष्ट्रिय हित तथा एकताका लागि अपरिहार्य आवश्यकता बनेको छ ।

थारु समुदायका धेरै नेता छन् तर उनीहरूले देश बोक्न सक्ने राजनीतिक दलको नेतृत्व गरेका छैनन् । विजय गच्छदार मात्र हुन् जसले देश बोक्न सक्ने राजनीतिक दलको नेतृत्व गरिरहनु भएको छ । राजनीतिक अनुभव, उमेर, परिपक्वता र भिजनका दृष्टिले थारु समुदायका नेताहरुमध्ये सबैभन्दा माथि हुनुहुन्छ गच्छदार । त्यति मात्र होइन, देशका राष्ट्रिय नेताहरुसँग दाजिन सक्ने, दरिन सक्ने र जुध्न सक्ने गच्छदार हुनुहुन्छ । भावी दिनमा पहाडी समुदाय बाहिरका नेता कसैले कार्यकारी प्रमुख बन्ने ल्याकत राख्छ भने विजय कुमार गच्छदार नै हुन् । र, मुलुक त्यस्तो सम्भावनाको संघारमा आइपुगेको छ ।

भविष्यको चाबी
विजय कुमार गच्छदार तथा फोरम लोकतान्त्रिकले देश जोड्ने विचार ल्याइरहेको छ । मधेसमा जन्मिएर पहाड हिमालमा फैलिने तथा त्यहाँका जनताको विश्वास जित्ने नेपालको पहिलो पार्टी नेपाल लोकतान्त्रिक फोरम नै बन्ने छ । यसको अर्थ के हो भने वैकल्पिक र नयाँ राजनीतिक शक्तिका रूपमा फोरम लोकतान्त्रिकले जरा हालेको छ । यो पक्षलाई सबैले गम्भीरतासाथ लिन जरुरी छ ।

अर्थात्, अभागी नेता विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको भाग्योदय हुन थालेको छ । फोरम लोकतान्त्रिकको भाग्योदयले देशकै भाग्योदय हुने विश्वास गरौँ ।
युवा नेता देव लिम्बु
नेपाल लोकतान्त्रिक फोरम

 

प्रतिक्रिया दिनुहोस्