रियल मडिड्रमाथि बार्सिलोनाको २ गोल


८ पुष २०७४, शनिबार
1514035055081 lc galleryImage Soccer Football La Liga S

म्याड्रिड (एजेन्सी) स्पेनिस ला लिगा फुटबलको एल क्लासिको खेलमा बार्सिलोना २-० ले अगाडि रहेको छ । 1514035055081 lc galleryImage Soccer Football La Liga S

खेलको ५३ औं मिनेटमा बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका हुन् ।

त्यस्तै खेलको ६४ औं मिनेटमा रियल मडिड्रका डिफेन्डर ड्यानी कारबाहालले हातले बल रोकेपछि पाएको पेनाल्टीलाई लियोनल मेसीले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४० औँ मिनेटमा बार्सिलोनका खेलाडी पाउलिन्होले उत्कृष्ट हेड गर्दै बललाई पोस्टमा प्रहार गरे पनि रियल मड्रिडका गोलरक्षक नाभासले उत्कृष्ट बचाउ गरेका थिए ।1514035098902 lc galleryImage Soccer Football La Liga S

त्यस्तै रियल मड्रिडका करिम बेन्जेमाले पहिलो हाफको ४२ औं मिनेटमा प्रहार बार्सिलोनको पोस्ट नजिकबाटै बाहिरिएको थियो ।

 यस खेललाई विश्व फुटबलका सबैभन्दा सफल फुटबलर रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीबीचको प्रतिस्पर्धाका रुपमा पनि हेर्ने गरिन्छ । रियल मड्रिड ३१ अंकसहित ला लिगाको चौथो स्थानमा छ भने शीर्ष स्थानमा रहेको बार्सिलोनाको ४२ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७