सिटिजन्स बैंकले गर्यो इन्टरनेट बैंकिङ सेवा विस्तार


१४ आश्विन २०७६, मंगलवार
citizen bank

काठमाडौं,१४ असोज। सिटिजन्स बैंकले आफ्नो ‘एक्सप्रेस बैकिङ’ नामक इन्टरनेट बैकिङ सेवा विस्तार गरेको छ।

हाल कायम रहेको इन्टरनेट बैंकिङमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको बैंकले बताएको छ ।

यसअघि एक्सप्रेस बैंकिङमार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको बिल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको बिल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा उपलब्ध थियो।

सिटिजन्सले देशभरि फैलिएका ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७