नेपाललाई जिम्बावेको १ सय ६१ रनको लक्ष्य


१४ आश्विन २०७६, मंगलवार
Nepali criket zimbawe 16

काठमाडौं,१४ असोज । त्रिकोणात्मक सिरिजमा टेष्ट टोली जिम्बावेले नेपाललाई १ सय ६१ रनको दिएको छ । टस हारेर ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।

सन्दीपले पहिलो ओभरको चौथो बलमा ओपनर ब्रायन चरीलाई शून्यमा एलवी डब्लू आउट गरेका थिए । चौथो ओभरको चौथो बलमा सोमपाल कामीले अर्का ओपनर रेजिश चकवालाई ६ रनमा बोल्ड आउट गरे । सन्दीपले पाँचौ ओभरको अन्तिम बलमा आक्रमक ब्याटिङ गरेका पिटर मुरलाई २१ रनमा बोल्ड आउट गरपछि जिम्बावे दबाबमा परेको थियो । पिटरले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

खराब सुरुवात गरेको जिम्बावेलाई चौथो विकेटका कप्तान सन विलियम्स र तिनोटेन्डा मुतोम्बोडजीले ६० रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुई बीचको साझेदारी सोमपालले १३ ओभरको अन्तिम बलमा तिनोटेन्डालाई २० रनमा एलबी डब्लू आउट गर्दै तोडेका थिए । उनले २२ बलमा २ चौका प्रहार गरे ।

उत्कृष्ट प्रर्दशन गरि रहेका विलियम्सलाई कप्तान पारस खड्काले १४ औं ओभरको अन्तिम बलमा ५३ रनमा बोल्ड आउट गरे । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । तल्लोक्रममा रयान बर्ल २१ बलमा समान १ चौका र छक्का सहित २८ रनमा अविजित रहे । लेग स्पिनर सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । तीब्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कप्तान पारस खड्का र अभिनाश बोहोराको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७