नेपाल जिम्बावेसँग ४० रनले पराजित


१४ आश्विन २०७६, मंगलवार
criket

काठमाडौं, १४ असोज । त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल जिम्बावेसँग ४०रनले पराजित भएको छ । जिम्बावेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर १२० रनमा मात्र बनाउन सक्यो ।

नेपालको शुरुआत राम्रो हुन सकेको थिएन । इशान पाण्डेका ठाउँमा आज खेलेका पवर्न शर्राफ कप्तान पारस खड्कासँग ओपनिङ आएपनि उनले खाता खोल्न सकेनन् ।

दोस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । ऐरीले ४ रनमात्रै जोड्न सके । तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का १२ रन जोडेर पेभेलियन फर्किए । खड्का आउट हुँदा ३३ रन बनाएको नेपालका लागि आरिफ शेख र विनोद भण्डारीले नेपालको पारि अघि बढाएका थिए ।

https://youtu.be/CVcOwE547pM

तर ५४ रन पुग्दा आरिफ शेख आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाएका थिए । नेपालले पाँचौं विकेटको रुपमा कुशल मल्ललाई ६२ रन हुँदा गुमाएको थियो । मल्लले ९ बलमा १ चौकाको मद्दतले ५ रन बनाएका थिए ।

सोमपाल कामी छैटौं विकेटको रुपमा ७ रन बनाएर आउट भएका थिए । नेपालका लगि विकेटकिपर व्याट्सम्यान करण केसीले नेपालको स्कोर १ सय रन कटाएका थिए । १०६ रन हुँदा सातौं विकेटको रुपमा करण १८ रन बनाएर आउट भए । १० बल फेस गरेका करणले १ चौका र १ छक्का प्रहार गरेका थिए ।

१८ औं ओभरमा १११ रन रहेका बेला विनोद भण्डारी आउट भएपछि नेपालको झिनो आसा पनि सकिएको थियो । भण्डारीले ३३ बलमा ३५ रन बनाएका थिए । १८।५ ओभरमा सुसन भारी आउट हुँदा नेपालले ९ विकेट गुमाएर ११५ रन बनाएको थियो । अन्तिमसम्म क्रिजमा रहेका सन्दीप लामिछाने र अभिनास बोहराले क्रमश ५ र ३ रन बनाएर नट आउट रहे । २० ओभरमा नेपालले १२० रन बनाउँदा ९ विकेट गुमाएको थियो ।

जिम्बावेका सिन विलियम्सले तीन विकेट लिएका थिए ।
 

यसअघि सिंगापुरको इन्डियन एसोसियन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो ।

सन्दीपले पहिलो ओभरको चौथो बलमा ओपनर ब्रायन चरीलाई शून्यमा एलवी डब्लू आउट गरेका थिए । चौथो ओभरको चौथो बलमा सोमपाल कामीले अर्का ओपनर रेजिश चकवालाई ६ रनमा बोल्ड आउट गरे । सन्दीपले पाँचौ ओभरको अन्तिम बलमा आक्रमक ब्याटिङ गरेका पिटर मुरलाई २१ रनमा बोल्ड आउट गरपछि जिम्बावे दबाबमा परेको थियो । पिटरले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

खराब सुरुवात गरेको जिम्बावेलाई चौथो विकेटका कप्तान सन विलियम्स र तिनोटेन्डा मुतोम्बोडजीले ६० रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुई बीचको साझेदारी सोमपालले १३ ओभरको अन्तिम बलमा तिनोटेन्डालाई २० रनमा एलबी डब्लू आउट गर्दै तोडेका थिए । उनले २२ बलमा २ चौका प्रहार गरे ।

उत्कृष्ट प्रर्दशन गरि रहेका विलियम्सलाई कप्तान पारस खड्काले १४ औं ओभरको अन्तिम बलमा ५३ रनमा बोल्ड आउट गरे । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । तल्लोक्रममा रयान बर्ल २१ बलमा समान १ चौका र छक्का सहित २८ रनमा अविजित रहे ।

लेग स्पिनर सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । तीब्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कप्तान पारस खड्का र अभिनाश बोहोराको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७