बार्सिलोनाको रियल मडिड्र माथि सानदार जित


८ पुष २०७४, शनिबार
mess barca

म्याड्रिड(एजेन्स) : स्पेनिस ला लिगा फुटबलको एल क्लासिको खेलमा बार्सिलोना रियल मडिड्र माथि सानदार जित हात पारेकाे छ । शनिबार राति रियलकाे घरेलु मैदानमा भएकाे खेलमा बार्सिलाेनाले ३–० ले  जित निकालेकाे हाे । mess barca

खेलको ५३ औं मिनेटमा बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ६४ औं मिनेटमा रियल मडिड्रका डिफेन्डर ड्यानी कारबाहालले हातले बल रोकेपछि पाएको पेनाल्टीलाई लियोनल मेसीले गोलमा परिणत गरेका थिए । यो गोलसँगै मेसीले एल क्लासिको खेलमा आफ्नो गोल संख्या २५ पुर्याएका छन् ।
त्यस्तै खेल सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा एलेक्स भिदालले गोल गर्दै ३–० को जित दिलाए । ।
खेलको ४० औँ मिनेटमा बार्सिलोनका खेलाडी पाउलिन्होले उत्कृष्ट हेड गर्दै बललाई पोस्टमा प्रहार गरे पनि रियल मड्रिडका गोलरक्षक नाभासले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै रियल मड्रिडका करिम बेन्जेमाले पहिलो हाफको ४२ औं मिनेटमा प्रहार बार्सिलोनको पोस्ट नजिकबाटै बाहिरिएको थियो ।
शनिबारको जितसँगै बार्सिलोना ४५ अंकसहित शीर्ष स्थानमा रहँदै लालिगा उपाधि होडमा सहज स्थितिमा देखिएको छ । चौथो स्थानमा रहेको रियल मड्रिडको भने ३१ अंक रहेको छ ।१० खेलाडीमा सिमित रियल मड्रिडविरुद्ध बार्सिलोनाले लगातार दबाब बनाएको थियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७