युवकले गरे आत्महत्या, श्रीमान दावी गर्दै सात महिलाको झगडा, प्रहरी नै चकित


१५ आश्विन २०७६, बुधबार
Death

काठमाडौं, १५ असोज । वहुविवाहका कारण परिवारमा कलहका घटना भएको समाचार बाक्लै सुन्न पाइन्छ ।

एक पुरुषका दुई श्रीमतीबीच कुटाकुटदेखि हत्यासम्मका घटना हुने गरेका छन् । अझ एउटै व्यक्तिका सात श्रीमती हुँदा कस्तो होला ? छिमेकी देश भारतमा एक व्यक्तिलाई सात महिलले पति दावी गरेपछि प्रहरी चकित मात्रै भएन, समस्या कसरी समाधान गर्ने भन्ने ठूलो संकटमा पर्‍यो ।

भारतको धर्मनगरी हरिद्वारको पुलिसकोमा सोंच्दा पनि नसोचेको घटना आयो । कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको शवलाई यदि एकै पटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो ।
अधिकारको ‘युद्ध’
आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले आत्महत्या गरे । हत्यापछि शवमाथि अधिकार जतानका लागि शुरुमा त पाँच महिला अगाडि आए । समस्या त्यतिबेला निम्तियो जब यी सबैले मृतककी श्रीमती भएको दाबी गरे र आफ्ना ‘श्रीमान’ को जीवनमा अन्य कुनै महिला भएको बारे आफूलाई कुनै जानकारी नभएको बताए ।

घण्टौंसम्म चलेको नाटक र झगडापछि मृतकको दाहसंस्कार गरियो । पुलिसले पाँच महिलाको दाबीमाथि अनुसन्धान गरिरहेकै बेला अन्य दुई महिलाले मृतक आफ्नो श्रीमान् भएको दाबी गर्दै पुलिस स्टेशन आइपुगे ।

समस्यामा प्रहरी

पुलिसलाई अन्य महिलाले पनि शवमाथि अधिकार माग्ने हो कि भनेर शंका छ त्यसकारण पुलिसले यो समस्या सुल्झाउनका लागि हरिद्वार पुलिसले अझै केही दिन प्रतिक्षा गर्ने निर्णय गरेको छ । मृतक पवन कुमार ड्राइभर थिए ।

किन गरे पवनले आत्महत्या ?
पुलिसका अनुसार आइतबार राती पवनले विष सेवन गरे । पवनकी कथित श्रीमतीले उनलाई बेहोसीको स्थितीमा एक नजिकैको अस्पतालमा भर्ना गराएकी थिइन् । उपचारको क्रममा पवनको मृत्यु भयो ।

सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार पवन गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । साथै, मृतकले निकै साधारण जीवनशैली अपनाइरहेका थिए र उनका धेरै साथी पनि नभएको अनुसन्धानमा पत्ता लागेको छ ।
मृतकको अकाउन्टमा जिरो ब्यालेन्स

सिटी पुलिस थानाका एसएचओ प्रविण सिंह कोश्यारीले टाइम्स अफ इन्डियालाई भने, ‘उनले यस्तो कदम किन उठाए भनेर हामी अनुसन्धान गरिररहेका छौं ।

जो महिलाले पवनलाई अस्पताल र्पुयाएकी थिइन् उनले आफूलाई पवनकी श्रीमती बताइरहेकी थिइन् तर उनले आत्महत्याको कुनै पनि कारण बताइनन् । शवको पोस्टमर्टमका लागि अस्पताल पठाएका छौं ।’ पुलिस अधिकारीका अनुसार मृतक पवनको बैंक खातामा जिरो ब्यालेन्स थियो र उनी एक भाडाको घरमा बस्थे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७