सभामुख महराको राजीनामा स्वीकृत, वेवसाइटबाट हटाइयो नाम र तस्विर


१५ आश्विन २०७६, बुधबार
Krishna Bahadur Mahara

काठमाडौं, १५ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ ।
बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएको सूचना प्रकाशन गरेको छ ।

साथै संघीय संसदको बेव साइटबाट उनको फोटो र नाम हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ ।

mahara 2

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आइतबार बेलुका आफ्नो कोठमा आई महराले बलात्कार गरेको आरोप लगाएपछि उनको पद गुमेको हो ।

मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाव दिएपछि उनले छानविन नसकिञ्जेलका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए । आज मात्रै महराले विज्ञप्तीको भाषा सञ्याउँदै राजीनामा पत्र उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई बुझाएका छन् ।

नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएका स्वतः स्वीकृत भएको मानिने व्यवस्था छ । उनलाई संगीन आरोप लगाएकी शाहीले मंगलबार बेलुका भने आफ्नो बोली फेरेर महराले आफूलाई केही नगरेको दावी गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७