आइसीसी टी–२० बरियतामा नेपालको स्थान खस्कियो


१५ आश्विन २०७६, बुधबार
nepal cricket

काठमाडौं, १५ असोज । आइसीसी टी–२० बरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १२ औं स्थानमा पुगेको हाे । यसअघि ११ औं स्थानमा रहेको नेपाल रहेकाे थियाे ।

यसपटक नेपाललाई उछिन्दै स्कटल्याण्ड ११ औं स्थानमा पुगेको छ । नेपाल भन्दा पछाडी युएई, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड रहेका छन । नेपाल र स्कटल्याण्डको समान एक सय ९४ रेटिङ पोइन्ट रहेपनि वेट पोइन्टका आधारमा नेपाल स्कटल्याण्ड भन्दा पछाडी परेको हो ।

ब्यक्तिगत तर्फ ब्याटिङको बरियताखमा नेपाली टिमका कप्तान पारस खड्का ६६ औं स्थानमा यथावत रहेका छन भने अलराउण्डरमा २७ औं स्थानमा यथावत रहेका छन । अलराउण्डमा सोमपाल कामी ६७ औं स्थानमा छन ।

ब्लिङमा बसन्त रेग्मी ७३ औं स्थानमा पुगेका छन भने सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७