महरा प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘व्यक्तिको दोष, पार्टीले बोक्दैन’


१६ आश्विन २०७६, बिहीबार
Gokul baskota 2

काभ्रे, १६ असोज । कृष्णबहादुर महराको यौन दुव्र्यवहारको घटनाबारे लामो समयपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुख खोलेका छन् ।

मन्त्री बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने बताएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको नाम उच्चारण नगरी उनले व्यक्तिको गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय सरकारका प्रवक्ता रहेका मन्त्री बाँस्कोटाले गल्ती गर्नेले नै कार्बाही बोहोर्नु पर्ने बताएका हुन् ।

‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले गर्‍यो त ?, त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ,’ व्यक्तिको नाम नलिइकन उनले भने, ‘कहिलेकाहीं गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यो उही जिम्मेवार हो नि ।’

कम्युनिष्ट पार्टी चरित्र र सम्मानसहितको पार्टी भएको भन्दै उनले चिन्तित र तरङ्गित हुन आवश्यक नभएको बताएका छन् । ‘यस्ता घटनाहरु समाजमा भइरहन्छन्, समाजमा राम्रा मान्छे पनि हुन्छन्, नराम्रा मान्छे पनि हुन्छन्,’ उनले भने, ‘नराम्रा पाखा लाग्छन्, राम्रा मान्छे कम्युनिष्ट पार्टीमा, कमिटीमा रहन्छन् । यसमा धेरै चिन्तित हुनै पर्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७