‘सी पथ’ बारे वौद्धिकहरुले नै अवौद्धिक तर्क गरे : प्रधानमन्त्री


१६ आश्विन २०७६, बिहीबार
prime minister kp oli

काठमाडौं, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आफ्नै मौलिक सिद्धान्त भएको बताएका छन् ।
चिनियाँ कम्युनिष्टको ‘सी पथ’ सुन्दैमा नेकपाले पनि ‘सी पथ’ अनुशरण गर्‍यो भनिनु तर्कसंगत नहुने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलाले कसैको सिद्धान्त सुन्दैमा अनुशरण गरेको नहुने बताउँदै भने, ‘वौद्धिकहरुले नै अवौद्धिक तक गरे ।’

उनले चीन र नेपालको आ–आफ्नै मौलिक सिद्धान्त रहेको स्पष्ट गरेका छन् । नेकपाको आफ्नै सिद्धान्त र विचार रहेको उल्लेख गर्दै उनले भने, ‘हिजो मेरो कुरा सुन्नु भयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेंको थिएँ, मैले महात्मा गान्धीको विचारबारे बोलें भन्दैमा उनकै विचार लागू हुन्छ त ?’ उनले भने, ‘हाम्रो आफ्नै विचार छ । कसैको विचार सुन्दैमा अनुशरण गरेको हुँदैन ।’

उनले ओलीले चिनियाँ प्रधानमन्त्री सी जिनपिङको नेपाल भ्रमण आपसी मित्रतालाई बलियो बनाउनमा केन्द्रीत रहने समेत जानकारी दिएका छन् । उनले सरकारले छिमेकीको सन्बन्धलाई सँधै उच्च प्राथमिकतामा राख्ने गरेको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७