धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा


१६ आश्विन २०७६, बिहीबार
dpl

काठमाडौं, १६ असोज । सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म सञ्चालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारको थियो । त्यति बेलाको विजेता टोलीले रु ३० लाख पुरस्कार पाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७