चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन भइरहेको छ : प्रहरी


१६ आश्विन २०७६, बिहीबार
hobindra bogati

काठमाडौं, १६ असोज ।  नजिएको दशैं, तिहार र छठ चाडपर्वलाई लक्षित गर्दै राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले लागू गरेको विशेष सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौं प्रहरी परिसरले आमसर्वसाधारणको जिउधनको सुरक्षाका लागी सबै प्रकारको सुरक्षा योजना लागू गरेको जनाएको हो । 

 दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरिएको छ । ८३ जनाको मोटरसाइकल गस्ती, ३५ साइकल गस्ती र ४६ मोटर गस्तीका साथै विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको परिसरकार प्रवक्ता प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए । 

 राजधानी भित्रिने र बाहिरिने नाकामा प्रहरीको विशेष तालिमप्राप्त कुकुरसमेत बिशेष सुरक्षा व्यवस्था मिलाईएको उनले बताए । 

प्रहरीले आफ्नो घरको डेरामा बसेका व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर र फोटोसहितको विवरण राख्न, रातको समयमा आफ्नो घर, टोलमा होहल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा तुरुन्तै खबर पनि आग्रह गरेको छ । 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७