सिटिजन्स बैंकले दसैँको बिदाका दिन पनि नगद काउन्टर सेवा संचालन गर्ने


१६ आश्विन २०७६, बिहीबार
Citizines bank

काठमाडौं, १६ असाेज ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ बडा दसैँका सम्पुूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले आश्विन १८, १९, २० र २२ गते काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

३६५ दिन बैंकिंग सेवा प्रवाह गर्ने योजना अन्तर्गत बैंकले विजया दशमीको दिन ९आश्विन २१ गते० काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।

उल्लेखित शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजे देखि दिउ‘सो २ः०० बजे सम्म नगद काउन्टरको सेवा लिन सक्नुहुनेछ । साथै विजया दशमी २०७६ को शुभ अवसरमा आफ्ना समस्त ग्राहक महानुभाव, शेयरधनी एवम् शुभचिन्तकहरुमा बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७