त्रिविको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जना सिफारिस


१७ आश्विन २०७६, शुक्रबार
bhagawan koirala

काठमाडौं, १७ असोज । लामो समयदेखि नेतृत्वविहीन रहेको त्रिभुवन विश्वविद्यालयमा को उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ ।

त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइराला, धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम सिफारिस भएका हुन् । जसमा क्रमशः पहिलो नम्बरमा कोइराला, दोस्रोमा बाँस्कोटा र तेश्रोमा पौडेल छन् । हाल त्रिविमा निमित्त उपकुलपति रहेकी प्राडा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा छैन ।

तत्कालीन उपकुलपति प्राडा. तीर्थ खनियाँको कार्यकाल सकिएपछि त्रिवि उपकुलपतिविहीन छ । उनको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन भएको थियो ।

तर समितिले लामो समयसम्म पनि नाम छनोट गर्न नसकेपछि रेक्टर सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

डा. कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् भने डा. बास्कोटा तत्कालीन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् । उनले हालै मात्र अवकास पाएका थिए ।

डा. पौडेल त्रिविकै पूर्व रजिष्ट्रार हुन् । उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा समेत नियुक्त गरेको थियो । यसअघि निमित्त उपकुलपतिको जिम्मेवारी पाएकी सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७