सुवास नेम्वाङ्गद्वारा सभामुख पद अस्वीकार


१७ आश्विन २०७६, शुक्रबार
subash nemwang

काठमाडौं, १७ असोज । कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि नेपाली राजनीति वृत्तमा अब को सभामुख बन्लान् भन्ने चासो बढेको छ ।

अहिले पाँचौं वरियताको रिक्त सभामुख पदका लागि लिएर सत्तारुढ दल र प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विभिन्न धारणाहरु सार्वजनिक गरिरहेका छन् । यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान अनुसार सभामुख र उपसभामुख एकै पार्टीको हुन नहुने भन्दै आए पनि निर्वाचनताका फरक–फरक दलबाट निर्वाचित भएर पछि मात्रै पार्टी एकीकरण भएपछि एकै पार्टी नेकपाले नै सभामुख र उपसभामुख पाएको थियो ।

अब भने त्यो कम भएको टिप्पणी भइरहेको छ । महराले सभामुखबाट राजीनामा दिइसकेको अवस्थामा उपसभामुख नेकपाकै शिवमाया तुम्बाहाम्फे छिन् । उपसभामुख आफ्नै पार्टीको भए पनि नेकपा सभामुख अरु पार्टीलाई दिने पक्षमा छैन । यस्तो अवस्थामा नेकपाले उपसभामुखलाई समेत राजीनामा दिन लगाउने र दुवैमा निर्वाचन गरेर सभामुख आफूले र उपसभामुख अन्य पार्टीलाई दिने योजनामा देखिन्छ ।

तर यसवारे नेकपाले पार्टीगत बैठक राखेर औपचारिक निर्णय भने गरिसकेको छैन । सम्भवत दशैंको समयमा यसबारेमा निर्णय गरिने सम्भावना रहेको नेकपाका एक सचिवालय सदस्यले बताएका छन् । उनका अनुसार नेकपाको शीर्ष नेताबीच भने सभामखुबारे छलफल भइरहेको छ ।

शीर्ष नेतृत्वबीच छलफल हुँदा सभामुखमा पूर्व संविधानसभाका अध्यक्ष र सभामुखको समेत ऐतिहासिक जिम्मेवारी पूरा गरेका सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरेको बुझिएको छ । तर शीर्ष नेताहरुको उक्त प्रस्तावलाई नेम्वाङले भने अस्वीकार गरेका छन् । शीर्ष नेताहरुले अनौपचारिक रुपमा सभामुखका लागि प्रस्ताव गरे पनि आफूले त्यसलाई अस्वीकार गरेको नेम्वाङको भनाइ छ ।

‘म पटक–पटक सभामुख भइसकेको मान्छे । ऐतिहासिक संविधानसभाको अध्यक्षको समेत जिम्मेवारी पूरा गरिसकेकाले अब पनि मैले नै त्यो पद लिनुपर्छ भन्ने छैन । अन्य क्षमतावान साथीहरु पनि हुनुहुन्छ । म नै किन हुनुपर्‍यो ?’ 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७