सन्दिप द हन्ड्रेडको दोस्रो सुचीको ड्राफ्टमा, अहिलेसम्मकै उच्च मुल्य पाउने


१८ आश्विन २०७६, शनिबार
sandeep lamichhane

काठमाडौं, १८ असोज । इंग्ल्याण्ड र वेल्समा हुने द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी सन्दिप लामिछाने ड्राफ्टमा परेका छन । ड्राफ्टको दोस्रो सुचीमा सन्दीप पनि परेका हुन ।

ड्राफ्टको दोस्रो सुचीका खेलाडिले एक लाख पाउण्ड अर्थात एक लाख २४ हजार अमेरीकी डलर पाउनेछन् । सन्दीप पनि छानिए उनले अहिलेसम्मकै उच्च मुल्य पाउने छ ।

पछिल्लो पटक एकपछि अर्को रुपमा विदेशी फ्रेन्चाइजी लिगमा ब्यस्त सन्दिप यो प्रतियोगितामा अरु स्टार खेलाडी रहेको दोस्रो सूचीमा परेका छन । सन्दिपसँगै सूचीमा  भारतीय खेलाडी हरभजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्सवेल, रासिद खान, सकिव अल हसन, तमिम इक्बाल, साहिद अफ्रिदी, ड्वायन ब्राभो, सुनील नरायन, कायरन पोलार्ड रहेका छन ।

यस्तै पहिलो नम्वरको सूचीमा जुनमा रहेका खेलाडीले एक लाख २५ हजार पाउण्ड पाउनेछन, त्यसमा स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्विन्टन डी कक, लुंगी नेगिडी, कागियो राबाडा, लसिथ मालिंगा र क्रिस गेल छन ।

तेस्रो ड्राफ्टको तेस्रो सूचीमा रहेका खेलाडीमा डेल स्टेन, बाबर अजाम, मार्कुस स्टोनीस, मोहम्मद हफिज, निकोलस पुरन, मार्टिन गुप्टिल, फाहिम असरफ, साहिन अफ्रिदी रहेका छन । यो सूचीमा रहेका खेलाडीले ७५ हजार पाउण्ड पाउनेछन । चौथो लेभलको सूचीमा रहेका खेलाडीले ५० हजार पाउण्ड पाउनेछन भने पाँचौकामा रहेकाले ३० हजार पाउण्ड हात पार्नेछन ।

इंग्ल्याण्ड क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगिताका लागि एक सय ६५ ओभरसिस खेलाडीले नाम दर्ता गराएका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७