ओमानमा टि–ट्वाटी सिरिज सुरु, नेपालले पहिलाे खेल हङकङविरुद्ध खेल्दै


१८ आश्विन २०७६, शनिबार
nepali cricket

 काठमाडौं, १८ असोज  । ओमानमा टि–ट्वाटी क्रिकेट सिरिज आजबाट सुरु भएको छ ।   आयोजक ओमान   र हङकङ तथा आयरल्यान्ड र नेदरल्यान्ड्सबीचे खेल्दै सिरिज सुरु भएको हो ।

 सहभागी ५ मध्ये नेपालबाहेक सबै आइसिसी टि ट्वाटी विश्व कप छनोटको तयारीका रुपमा रहेको छ । यो सिरिज पछि ४ टोली दुबईमा हुने विश्व कप छनोटमा भाग लिन ओमानबाट त्यसतर्फ जानेछन् । नेपाल भने सिंगापुरमा गत महिना भएको क्षेत्रिय छनोटबाटै बाहिरिएको थियो । यो सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को मान्यता पाएको छ ।

 नेपालले पहिलो खेलमा भोली हङकङ विरुद्ध खेल्दैछ । ओमान क्रिकेट एसोसियसनको मैदानमा नेपाली समय अनुसार विहान सवा ११ बजेबाट सुरु हुनेछ ।

नेपालका लागि पनि यो प्रतियोगितामा विजयी सुरुवात गर्ने सुनौलो अवसर हुनेछ । स्पिनरलाई सहयोग हुने खालको पिच भएकाले सन्दिप लामिछाने, ललित राजवंशी जस्ता खेलाडीलाई विपक्षीलाई दबाव दिन सहज हुनेछ ।

ओमान टुरले नेपाली खेलाडीका लागि राम्रो एक्पोजरको मौका रहेको र युवा खेलाडीलाई अनुभवको मौका हुने पनि कप्तान पारस खड्काले बताएका छन । यो प्रतियोगितामा नेपालले गुमाउनुपर्ने केहि नभएको भन्दै राम्रा विपक्षी विरुद्ध जित निकाल्न सक्नु नै टिमको उपलब्धि हुने उनको भनाई छ ।

 

यो प्रतियोगिताकै कमजोर टिम मध्येको एक हङकङ विरुद्ध नेपालले टी २० मा करिव चार बर्षपछि खेल्न लागेको हो । २०१४ को विश्वकप छनोटपछि नेपालले टी २० मा यो टिमसँग खेलेको छैन । एकदिवसिय क्रिकेटमा भने २०१८ मा खेलेको नेपाल सो बेला विजयी भएको थियो ।

 

सहभागी ५ टोली नै टि ट्वान्टी मान्यता प्राप्त राष्ट्र भएकाले आइसिसीले सिरिजलाई मान्यता दिएको हो । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीले भने यो सिरिजलाई स्वदेशमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग०को तयारीका रुपमा हेरेको छ । साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा हुने तय छ ।

 

 ओमान र आयरल्याण्डको विजयी सुरुवात

 आजको खेलमा आयोजक ओमानसँगै आयरल्याण्डले विजयी सुरुवात गरेको छ ।  ओमानले हङकङलाई ७ विकेटले हरायो । हङकङले दिएको ९७ रनको सामान्य लक्ष्य उसले १३.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान जिशान मकसूदले अविजित ३९ रन बनाए भने खावर अलीले ३२ रन जोडे ।

यसअघि हङकङले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । उसको सुरुवात भने राम्रो थियो । अहसान अब्बासी र निजाकत खानले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । तर त्यसपछि लगातार विकेट गुमायो ।

 

अर्को खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । नेदरल्याण्ड्सले दिएको १६८ रनको लक्ष्य आयरल्याण्डले १० बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो । उसका हृयारी ट्याक्टरले अविजित ४७ रनको पारी खेले ।

 

यसअघि नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । उसका बेन कुपरले उत्कृष्ट पारी खेले । दोस्रो विकेटका लागि म्याक्स ओ’डाउडसँग ५० रनको साझेदारी गरेका उनले कोलिन एकम्यानसँग ५५ रनको साझेदारी गरे । तर अरुले ठूलो पारी खेल्न सकेनन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७