लिभरपुलको अपराजित यात्रा जारी, लेस्टर सिटी २ शून्यले पराजित


१९ आश्विन २०७६, आईतवार
liverpool vs leicester 2U1IJ8Ts99

काठमाडौ, १९ असोज । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले यो सिजनमा आफ्नो अपराजित खेल यात्रलाई कायमै राखेको छ । उसले आफ्नो अपराजित यात्रा आठ पुर्‍याएको छ । शनिबार भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २ शून्यले हराउँदै जारी लिगमा शतप्रतिशत जितको यात्रा कायमै राखेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा साडीयो माने र जेम्स मिल्नरले एक एक गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ४० औं मिनेटमा जेम्स मिल्नेरको पासमा मानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पूरै खेलमा ६० प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले लेस्टरको पोस्टमा आधा दर्जन प्रहार गरेको थियो । तर उसका तीन ओटा प्रहार पोष्ट नजिकैबाट बाहिरिए भने तीन वटा प्रहारलाई गोलकिपरले रोके ।

खेलको ८० औं मिनेटमा जेम्स माडिसनले लेस्टरका लागि गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । तर अन्तिममा जेम्स मिल्नरले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई शतप्रतिशत नतिजा दिलाए ।

यो जितले लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी आठ अंकमा पुर्याएको छ भने हारसँगै लेस्टरलाई दोस्रो स्थानमा उक्लने मौका गुमेको छ । शनिबार नै भएको अर्को खेलमा एस्टोन भिल्लाले नर्विच सिटीलाई ५–१ ले हरायो । त्यस्तै एभर्टन बर्नलेसँग १ शून्यले पराजित भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७